Digital Newspaper of Nepal
| Sunday, 25 February 2018
Subscribe Google+
Smart 4G

ओली जित्दा उनका बफादार युवाहरु पराजित

NIC Bank, Long AD

July 16, 2014

३२ असार, काठमाडौं । आफू झिनो मतान्तरमा जितेका एमाले अध्यक्ष केपी ओली लामो समयदेखि साथ दिँदै आएका प्रभावशाली युवा नेताहरुलाई जिताउन भने असफल भएका छन् ।

एमालेको खुल्ला निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका केही मन्त्री र प्रभावशाली नेताहरु केन्द्रीय सदस्यमा समेत पराजित हुने लगभग निश्चित भएको छ । नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकटस्थ मानिने स्वास्थ्यमन्त्री तथा निवर्तमान पोलिटव्यूरो सदस्य खगराज अधिकारी चुनाव हार्ने अवस्थामा देखिएका छन् ।

करीव एक सय मत गणना हुन बाँकी रहँदा अधिकारी ४९ जनाभित्र नपर्ने अवस्था देखिएको गणनामा सहभागी एक प्रतिनिधिले जानकारी दिएका छन् । ओलीका अर्का विश्वासपात्र उद्योगमन्त्री कर्णवहादुर थापाले पनि हार्ने अवस्था देखिएको ती प्रतिनिधिले बताए ।

ओली निकट पूर्व केन्द्रीय सदस्य तथा काठमाडौं ३ का सभासद रामेश्वर फुयाल पनि प्रतिस्पर्धामा तल परेका छन् भने युवा संघका अध्यक्ष महेश बस्नेतलाई पनि ४९ मा पर्न संकट देखिएको छ । ओली प्यानलबाट पदाधिकारीमा हारेका धर्मनाथ साह र रघुवीर महासेठ केन्द्रीय सदस्यमा पनि नजित्ने भएका छन् । ओली प्यानलमा सचिवमा पराजित केशवला श्रेष्ठसँगै ओली पक्षका भानुभक्त ढकाल, राजन भट्टराई, खिमलाल भट्टराई पनि केन्द्रीय सदस्यको प्रतिस्पर्धामा निकै तल छन् ।

ओलीका निकटस्थ गोकुल बास्कोटा, कैलाश ढुंगेल, केशव पाण्डे, केशव देवकोटा, बिनोद श्रेष्ठ लगायतका युवाहरु पनि भूगोलामा पराजित भइसकेका छन् । पदाधिकारीमा शंकर पोखरेल र बिष्णु रिमाल पराजित हुँदा दुःखी एका ओली खुल्ला तथा भूगोलको केन्द्रीय सदस्यमा पनि परम्परागत गुटका इमान्दार कार्यकर्ता पराजित हुँदा स्तव्ध भएको एक नेताले बताए ।