Digital Newspaper of Nepal
| Friday, 20 July 2018
Subscribe Google+
Smart 4G

मुख्यसचिव परिवर्तनको हल्ला निराधारः गृहमन्त्री

NIC Bank, Long AD

July 25, 2014

काभ्रे, श्रावण ९ – उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले मुख्य सचिव परिवर्तन गर्ने हल्ला निराधार भएको बताएका छन् । उनले कसैको चरित्र हत्या गर्ने किसिमले त्यस्तो प्रचार गरिएको आरोप लगाए ।

‘गृहमन्त्रीले मुख्य सचिव परिवर्तन गर्दैछ भन्ने हल्ला गराइएको छ,’ काभ्रेमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने-‘त्यो पदलाई चलाउने म, मुख्य अधिकारी होइन । र, अहिले मुख्य सचिव परिवर्तन गर्न जरुरी पनि छैन । धुलिखेलमा आयोजना गरिएको मध्यमाञ्चल सुरक्षा भेलालाई सम्बोधन गर्न गौतम यहाँ आएका हुन् ।

उनले अहिलेको प्रहरी नियमावलीले एआईजी बढुवामा समस्या आएको भन्दै अब छिट्टै उपयुक्त विधि र प्रक्रिया अपनाएर बढुवालाई कार्यान्वयन गरिने बताए । उनले नेपाल प्रहरीमा थप २० हजार जनशक्ति आवश्यक रहेको भन्दै त्यसका लागि गृहमन्त्रालय गृहकार्य गरिरहेको जानकारी दिए ।

अर्को प्रसंगमा उनले नेपालको जलस्रोत अरुले मात्रै उपभोग गर्ने गरी कुनैपनि शक्तिसँग सम्झौता नगरिने बताए ।