Digital Newspaper of Nepal
| Wednesday, 22 August 2018
Subscribe Google+
Smart 4G

वेपत्ता अल्जेरियाको विमान दुर्घट्नाग्रस्त

NIC Bank, Long AD

July 25, 2014

अल्जियर्स(बीबीसी), श्रावण ९ – बिहीबारबाट हराएको अल्जेरियाको राष्ट्रिय एयरलाइन एयर अल्जेरीको विमान मालीमा दुर्घट्नाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । बुर्किनाको सेनाका अनुसार उक्त विमान बुर्किना फासोको सिमानाबाट ५० किलोमिटर पर दुर्घटनाग्रस्त भएको थियो । विमानमा सवार सबै ११६ जनाको दुर्घट्नामा मृत्यु भएको जनाइएको छ । दुर्घट्नास्थलमा विमानका टुक्राहरु र मृततकहरुको शव छरिएको भेटिएको छ ।

उक्त विमान बुर्किना फासोबाट अल्जेरिया तर्फ जाँदै थियो । उडेको ५० मिनेटमै विमानसँगको सम्पर्क टुटेको थियो । स्पेनी वायुसेवको स्विफ्ट एयरबाट भाडामा लिएर सञ्चाल गरिँदै आएको उक्त म्याकडोनाल डग्लस ८३ फ्लाइट एच ५०१७ विमानमा ५१ जना फ्रेन्च नागरिक थिए ।