Digital Newspaper of Nepal
| Saturday, 24 February 2018
Subscribe Google+
Smart 4G

प्रहरीका हातहतियार खरिदमा करोडौं घोटाला

NIC Bank, Long AD

August 26, 2014

काठमाडौं । नेपाल प्रहरीका लागि दुई करोड ७४ लाख रुपैयामा इटालीबाट खरिद गरिएका हातहतियारलाई वास्तविक मुल्यभन्दा दोब्बर भन्दा बढी रकम तिरेको प्रमाण फेला परेको छ । यो प्रकरणमा एक करोडभन्दा बढी रकम अतिरिक्त भुक्तानी गरिएको छ ।

हातहतियार खरिदसम्बन्धी कागजातअनुसार इटालीको बेर्रेटा कम्पनीमा बनेको १२ बोर सर्ट गनलाई प्रतिथान २ हजार ३ सय ७० अमेरिकी डलर तिरिएको छ ।

जम्मा सय थान सर्टगनका लागि सरकारले २ लाख ३७ हजार अमेरिकी डलर(दुई करोड ३७ ३७ लाख रुपैया तिरेको छ ।

ती हतियारको वास्तविक मुल्य प्रतिथान बढीमा एक हजार ३८ अमेरिकी डलर पर्छ । खरिद निर्णयका बेला एक अमेरिकी डलरको मुल्य सय रुपैया थियो ।

सोही लटमा खरिद गरिएको ५० थान ९ एमएम पेस्तोलको मुल्य पनि अत्याधिक भुक्तानी गरिएको छ ।

एउटा पेस्तोलको सात सय ५८ अमेरिकी डलर (७५ हजार ८ सय रुपैया) का दरले ५० वटाको ३७ हजार ९ सय अमेरिकी डलर (३७ लाख ९० हजार) तिरिएको छ ।

यो हतियारको वास्तविक बजार मुल्य भने बढीमा प्रतिथान ६ सय अमेरिकी डलर मात्र पर्ने नेपाल प्रहरीको उच्च स्रोतले बतायो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
– See more at: http://www.nepalsandesh.com/2014/08/26/101574#sthash.UCkEWO3M.dpuf