Digital Newspaper of Nepal
| Monday, 22 October 2018
Subscribe Google+
Smart 4G

युक्रेनका राष्ट्रपतिबाट संसद भंग

NIC Bank, Long AD

August 26, 2014

एजेन्सी । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले संसद भंग गरी मध्यावधी चुनावको घोषणा गरेका छन् । पूर्वी भागमा रहेका रुसी समर्थक विद्रोहीसँग निरन्तर लड्ने पनि उनले बताएका छन् ।

अहिलेका धेरै सांसदहरु अपदस्थ पूर्व राष्ट्रपति भिक्टर यान्कोभिचको समर्थक रहेको र युक्रेनको पक्षमा बहुमत सांसद आवश्यक रहेको भन्दै राष्ट्रपति पोरोसेन्कोले संसद भंग गर्नुपरेको बताएका छन् ।टेलिभिजन मार्फत संबोधन गर्दै उनले निर्वाचनको मिति आगामी अक्टोबर २६ कालागि तोकेका छन् ।
यता, रसियाबाट प्रबेश गरेका बख्तरबन्द सबारी साधनमा रहेका बिद्रोहीसँग झडप भइरहेको युक्रेनी सेनाले जनाएको छ ।

डोनेस्टक र लुहान्सकमा भएको युक्रेनी सेना र पृथकतावादीको बीच लडाईमा २ हजार जनाको ज्यान गइसकेको छ । गएको मार्चमा युक्रेनी प्रायदिपबाट दुई क्षेत्रले आफूहरु स्वतन्त्र भएको घोषणा गरेका थिए ।