Digital Newspaper of Nepal
| Wednesday, 19 December 2018
Subscribe Google+
Smart 4G

मनाङ एन्फा कपको पहिलो खेलबाट नै बाहिर

NIC Bank, Long AD

September 2, 2014

काठमाडौं । ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लब राजधानीमा मंगलबारदेखि सुरु भएको एन्फाकप फुटबलको पहिलो खेलबाट नै बाहिरिएको छ ।

मनाङलाई २–१ ले पराजित गर्दै झापा ११ एन्फाकप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ । झापा ११ अन्तिम चारमा पुर्‍याउन विशाल राई ए ले दुई गोल गरेका थिए ।

दशरथ रंगशालामा भएको खेलको १३ औं मिनेटमा विशालको गोलमा झापाले अग्रता लिएको थियो । मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै विशालले गोल गरेका थिए ।

खेलको ५३ औं मिनेटमा मनाङका लागि दिपक राईले बराबरी गोल फर्काए । तर, ६८ औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गरेपछि मनाङ पहिलो खेलबाट नै बाहिरिएको हो ।

ए डिभिजनका ६ र मोफसलका दुई क्लबले सहभागिता जनाएको प्रतियोगिता नकआउटका आधारमा खेलाइनेछ । खेलको विजेताले १० लाख पाउने छ ।