Digital Newspaper of Nepal
| Sunday, 25 February 2018
Subscribe Google+
Smart 4G

अछाममा हटेन छाउगोठ प्रथा

NIC Bank, Long AD

October 30, 2014

images (4)अछाम, १३ कात्तिक । अछाममा सामाजिक परिर्वतनका लागि घोषणा गरिएका छाउपडी गोठमुक्त गाविसका महिला महिनावारी भएका बेला डोकोमा बस्न बाध्य भएका छन् । छाउपडी गोठमुक्त घोषणा गर्ने समयमा सुरक्षित बासका लागि बनाइएका छाउगोठ भत्काएकाले उनीहरू डोकोमा बस्नुपर्ने बाध्यता भएको हो । छाउगोठमुक्त भएका जिल्लाका २३ वटा गाविसमध्येमा अधिकांश गाविसका महिला महिनावारी भएका बेला घरनजिकैको खाली जमिनमा डोकोमुनि बस्न थालेका हुन् । घर सानो र महिनावारी भएको समयमा बास बस्नका लागि छुट्टै कोठाको व्यवस्था नभएकाले महिला घरनजिकैको जमिनमा डोकोमा पाल हालेर बस्न थालेको अछामको कुइका गाविसका राधा आचार्य ढकालले बताईन् । जिल्लाका हिच्मा, ढकारी, पायल, विनायक, कुइका, ढुङ्गाचाला, बलाता, रामारोशन, सेरा लगायतका गाविसका महिला महिनावारी भएको अवस्थामा डोको र पालमा बस्दै आएका छन् । समाज परिर्वतनका लागि हामीहरू पनि अग्रसर छाँै तर सामाजिक कुसंस्कारका कारण छाउगोठ, डोको र पाल टाँगेर बस्नु हाम्रो बाध्यता भएको जिल्लाको वीरपथ गाविसकी किशोरी सृजना खड्काले बताईन् ।

जिल्लामा छाउगोठमुक्तको अभियानका समयमा महिनावारी हँुदा दिदीबहिनी घरमा बसे पनि समाजमा रहेको धर्म, संस्कृति र सामाजिक संस्कारका कारण आत्मसम्मानका लागि पुनः बाहिर बस्न थालेको जानकारी आएको र सोबारे कार्यालयले अनुसन्धान गरी घरमै बस्ने वातावरणका लागि तयारी गरिरहेको र छाउगोठमुक्त अभियानलाई प्रभावकारी बनाएर लैजाने जिल्ला महिला तथा बालबालिका कार्यालय अछामका महिला विकास अधिकृत गोमा प्रसाईंले जानकारी दिईन् ।