Digital Newspaper of Nepal
| Wednesday, 20 June 2018
Subscribe Google+
Smart 4G

पेट्रोलियम पदार्थको मूल्य घट्ने

NIC Bank, Long AD

November 2, 2014

nepal-oil-nigam8१६ कात्तिक, काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि नेपाल आयल निगमले पनि पुनः मूल्य घटाउने तयारी गरेको छ । भारतमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ६० पैसा र डिजेलमा २ रुपैयाँ ४१ पैसा मूल्य घटेको छ ।

सन्चालक समितिको बैठक बसेर मूल्य घटाउने तयारी भैरहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । यसअघि नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा हुने घटबढ अनुसार नेपालमा पनि प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्ने निर्णय गरेको थियो । यसअघि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले नेपाल आयल निगमलाई गत महिना २१ करोड रुपैयाँ नाफा भएको थियो ।