Digital Newspaper of Nepal
| Friday, 20 April 2018
Subscribe Google+
Smart 4G

दुर्घटनामा चारको मृत्यु

NIC Bank, Long AD

November 2, 2014

गौशाला, १६ कात्तिक । बस र मोटरसाइकल एकापसमा ठोकिँदा गए राति महोत्तरीको खयरमारा गाविसमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही जिल्लाको कर्मैया–४ बस्ने धीलेन्द्र देवकोटाका छोरा २८ वर्षीय पे्रमप्रसाद र सोही मोटरसाइकलपछाडि बसेकी नाम, थर र वतन नखुलेकी अन्दाजी २६ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको खयरमारा–५ स्थित जङ्गलमा गए राति करिब ७ बजे काठमाडौँबाट सिरहाका लागि हिँडेको ना.४ख. ४६९७ नंको श्रीकृष्ण रथ यातायात बस र पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.२६प. ३६८२ नंको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताए । सोही घटनामा परी बसमा सवार ११ घाइते भएकामा धनुषाको नक्टाझिज बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान रामकुमार विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपचार बर्दिवासस्थित होप अस्पताल र लालगढको मोडेल अस्पतालमा भइरहेको छ ।

सुरुङ्गा (झापा)–पूर्वपश्चिम राजमार्गअन्तर्गत दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी अर्का दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ निवासी २६ वर्षीय किशोर भनिने हरिकृष्ण सुवेदी र सोही ठाउँ निवासी ३६ वर्षीय कुमार भनिने कुलबहादुर रम्तेल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
झापाको बिर्तामोडबाट मे५प २८११ नंको मोटरसाइकलमा सुरुङ्गातर्फ जाँदै गए राति कनकाई नगरपालिका–७ स्थित विरिङ पुलनजिकै सडकमा रोकिराखिएको ट्याक्टरको ट्रलीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुवैको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।