Digital Newspaper of Nepal
| Sunday, 25 February 2018
Subscribe Google+
Smart 4G

बोर्डको निर्णयले पर्यटन व्यवसायीमा उत्साह

NIC Bank, Long AD

November 3, 2014

images (1)काठमाडौँ, १६ कात्तिक । संयुक्त पर्यटन समन्वय समिति (जेटिसिसी) ले नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठकले गरेको निर्णयलाई स्वागत गर्दै उक्त कार्यमा सहयोग पु¥याउने व्यक्तित्व, सङ्घ संस्थाप्रति आभार प्रकट गरेको छ । जेटिसिसीले आज यहाँ पत्रकार सम्मेलन गरी भ्रष्टाचार र अनियमिततामा मुछिएका बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बनको कारबाहीले व्यवसायीमा उत्साह बढाएको र यसले पर्यटन प्रवद्र्धनका लागि बाटो खुलेको धारणा राखेको छ । बोर्डभित्रको आर्थिक तथा नीतिगत भ्रष्टाचार, अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकोेले विस्तृत अध्ययनपश्चात अभियुक्तलाई चाँडै कारबाही हुनेमा समिति विस्वस्त रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा जेटिसिसीका संयोजक रमेश धमलाले बोर्डको निर्णयले पर्यटन क्षेत्रमा नयाँ आशा जगाएको भन्दै उक्त निर्णयप्रति आफूहरु उत्साही र धैरताकासाथ अघि बढेको बताए । पर्यटन व्यवसायी दीपक महत, नेपाल पर्यटन व्यवसायी सङ्गठनका अध्यक्ष चन्द्र रिजाल, राष्ट्रिय पर्यटन व्यवसायी मञ्चका अध्यक्ष गणेश सिंखडा, बोर्ड कर्मचारी युनियनका अध्यक्ष सुदन सुवेदीलगायतले बोर्डको निर्णयले पर्यटन क्षेत्रमा नयाँ उत्साह पलाएको जनाए ।
‘बोर्डको छानबिन समितिका संयोजक र संलग्न व्यक्ति, संसद्को सार्वजनिक लेखासमितिले बोर्डभित्रका विकृतिलाई अन्त्य गर्न देखाएको तत्परताप्रति आभार प्रकट गर्दै पछिल्लो समयमा बोर्ड कार्यकारी समितिले नेपालको पर्यटन क्षेत्रलाई संरक्षण गर्ने र अभिभावकत्व प्रदान गर्ने गरी गरिएको निर्णयका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं’–समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले गत कात्तिक ५ गते जारी निर्देशनात्मक आदेशअनुरुप पर्यटन बोर्डको सञ्चालक समितिको कात्तिक १३ गतेकोे बैठकले निरौलालाई निलम्बन गरेको थियो । बोर्डभित्रको भ्रष्टाचार र अनियमितता रोकिनुपर्ने, बोर्डको पुनःसंरचनालगायत माग राखी व्यवसायीले केही महिनाअघि ५८ दिन आन्दोलन गरेका थिए ।