Digital Newspaper of Nepal
| Friday, 20 April 2018
Subscribe Google+
Smart 4G

युवा समूहद्वारा जुवातास निषेधित क्षेत्र घोषणा

NIC Bank, Long AD

November 4, 2014

cardखोटाङ, १८ कात्तिक । खोटाङको पश्चिमी गाविस च्यास्मिटार–४ दाल्फुलाई जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ । विद्यालय जाने उमेरका बालकसमेत दिनभर तासमा झुम्मिन थालेपछि स्थानीय सिर्जनात्मक एकता युवा समूहले गाउँलाई जुवातास निषेधित क्षेत्र घोषणा गरेको हो । गाउँको आर्थिक तथा सामाजिक वातावरणमा खलल पुर्‍याएकाले गाउँमा जुवा र तास खेल्न रोक लगाएको समूहका अध्यक्ष रसकुमार राईले जानकारी दिए ।

जुवातास खेल्ने श्रीमान्को प्रवृत्तिका कारण महिलालाई घर धान्न र आफ्ना बालबालिकालाई शिक्षा–दीक्षा दिनसमेत समस्या पर्न थालेपछि जुवातासविरुद्धको अभियान थालिएको समूहका सचिव खबिराज राईले बताए । समूहको अनुरोध विपरीत जुवातास खेल्नेलाई पहिलोपल्ट भए प्रतिव्यक्ति रु ५००, दोस्रोपल्ट भए रु एक हजार र पटक–पटक नियम उल्लङ्घन गर्नेलाई सामाजिक बहिष्कार गरिने समूहले जनाएको छ । युवा समुहको भेलाले जुवातास नखेल्न र खेल्न नदिन आग्रह गरेको समूहले गाउँका सबैको लिखित प्रतिबद्धतासमेत सङ्कलन गरेको छ ।