Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

‘लेखक दुनियाँ’; नयाँ विधामा नयाँ पाइलो

NIC Bank, Long AD

November 9, 2014

2e391482c97e3da7d7b70c91136e54ee

काठमाडौँ, २३ कात्तिक । आख्यानपुरुष ध्रुवचन्द्र गौतमसँगको अन्तरङ्ग समेटेर पत्रकार एवम् लेखक अशोक सिलवालले तयार गरेको कृति ‘लेखक दुनियाँ’ ऐतिहासिक साहित्यक दस्तावेज भएको टिप्पणी साहित्यकार, पत्रकार तथा राजनीतिज्ञले गरेका छन । घोस्ट राइटिङ नेपाल प्रालिद्वारा ‘लेखक दुनियाँ र अबको नेपाली लेखन’ विषयमा शनिबार यहाँ आयोजित अक्षर अन्तरक्रियामा उहाँहरूले सो कृतिले यसले स्थापित लेखनलाई अझ जीवन दिएको बताउँदै अन्तरङ्ग विधालाई स्थापित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राजनीतिकर्मी बलदीपप्रभाश्वर चाम्लिङ पत्रकार श्याम रिमाल, ठाकुर बेल्बासे, व्याकुल पाठक, अच्युत कोइराला, श्रीधर न्यौपाने, नवराज अधिकारी र असिम खनालले नेपाली साहित्य लेखनको अन्तरङ्ग नयाँ विधा र सम्भावना भएको बताउँदै नेपालका प्रतिष्ठित व्यक्तित्वसँगको अन्तरङ्गसम्बन्धी कृति बर्सेनि आउनुपर्ने विचार राखेका थिए । प्रकाशनका तर्फबाट घोस्ट राइटिङका प्रतिनिधि कमल ढकालले नयाँ विधा भए पनि आफूले जोखिम लिएर कृति प्रकाशन गरेको र यसको दोस्रो संस्करण छिट्टै बजारमा आउने जानकारी दिए ।