Digital Newspaper of Nepal
| Friday, 20 July 2018
Subscribe Google+
Smart 4G

सिन्धुपाल्चोकमा इलामको झल्को

NIC Bank, Long AD

November 9, 2014

IMG_5068मेलम्ची, २३ कात्तिक । सिन्धुपाल्चोकको भोटेचौरस्थित वडा नं ८ मा रहेको चियाबगानले आजभोलि यहाँ क्षेत्रको मुहारै फेरिएको छ । काठमाडौँको भिडभाड छिचोलेर टोल्हाउन रुचाउने, एकान्तमा बस्न मन पराउने युवाको रोजाइमा ‘सानो इलाम’ परेको छ । वनभोजस्थलका रूपमा पनि प्रख्यात हुन थालेको सो ठाउँले अहिले इलाम चियाबगानको सौन्दर्यपूर्ण झल्को दिन थानलेको छ । काठमाडौँबाट छोटो समयमै पुग्न सकिने छोटो दूरीको मनोरम स्थान चियाबगानमा शनिबार अथवा बिदाको दिन मात्र होइन अन्य दिन पनि त्यहाँको सौन्दर्य नियाल्न निकै ठूलो भिड लाग्ने गरेको छ । काठमाडौँदेखि चालिस किमी दूरीमा रहेको भाटेचौर साँखु हुँदै दुई घन्टामा बसयात्रा मार्फत पुग्न सकिन्छ । सो ठाउँ हेर्नका लागि राजधानीका स्कुलकलेजका विद्यार्थी र बाहिरबाट समेत बस लिएर पुग्न थालेको छन् । भोटेचौर चियाबगानको बढ्दो आकर्षणले त्यस ठाउँको विकास र विस्तारका लागि थप टेवा पुगेको स्थानीयवासी गणेश चौलागाईले बताए ।