अर्घाखाँची, २३ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र अन्य ६ गाविसलाई दूध उत्पादन पकेट क्षेत्र घोषणा गरिएको छ । अर्घाखाँची जिल्लालाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन र दूध उत्पादनमा लागेका कृषकलाई व्यवसायमुखी बनाउन सन्धिखर्क नगरपालिकासहित धारापानी, ढिकुरा, भगवती, मरेंग, पटौटी र मैदान गाविसलाई दूध उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरिएको हो । किसानका लागि उन्नत बीउबिजन कार्यक्रम बुटवलको आयोजनामा आज सन्धिखर्कमा भएको अर्घाखाँची दूध उत्पादन क्षेत्र तथा गाविस छनोट कार्यक्रममा एक नगरपालिका र ६ गाविसलाई दूधका लागि पकेट क्षेत्र घोषणा गरिएको हो ।
पकेट क्षेत्र घोषणा गरिएका क्षेत्रमा चिस्यान केन्द्र, चिलिङ भ्याट र नश्ल सुधारका कार्यक्रम सञ्चालन गरिने निर्णय भएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रम बुटवलका डा शरणकुमार पाण्डेले बताए ।