Digital Newspaper of Nepal
| Wednesday, 22 August 2018
Subscribe Google+
Smart 4G

सिद्धार्थ बैंकले १२ प्रतिशत लाभांश दिने

NIC Bank, Long AD

November 9, 2014

siddhartha bankकाठमाडौँ, २३ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत लाभांश सेयर तथा ११.१६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष चिरञ्जीवीलाल अग्रवालको अध्यक्षतामा आज बसेको १३औँ साधारणसभाले सो निर्णय गरेको हो ।
अब बैंकको चुक्ता पुँजी रु दुई अर्ब तीन करोड ११ लाख ८० हजार पुगेको छ । गत आर्थिक वर्ष (२०६९/०७०) मा सो चुक्ता पुँजी रु एक अर्ब ८१ करोड ३५ लाख ५३ हजार रहेको थियो ।
आर्थिक वर्ष २०६९/०७० मा बैंकले रु एक खर्ब ७६ अर्ब २७ करोड निक्षेप परिचालन गरेकामा आव २०७०/०७१ मा रु दुई खर्ब १८ अर्ब ६८ करोड पुगेको छ । त्यस्तै गत वर्ष कर्जा रु एक खर्ब ६५ अर्ब ४८ करोड रहेकामा अहिले रु एक खर्ब ८० अर्ब २० करोड पुगेको छ ।
बंैकको देशभर कुल शाखा तथा एक्सटेन्सन काउण्टरसमेत गरी शाखा सञ्जाल ४६ तथा एटिएम सञ्जाल ५७ वटा पुगेको छ । बैंकले हालै अत्याधुनिक मोबाइल एटिएम जडान सेवा सुरु गरेको छ । बैंकले आर्थिक वर्ष २०७०/०७१ मा खुद नाफा रु ७० करोड पाँच लाख ३५ हजार गरेको छ । बैंकको ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक तथा ४९ प्रतिशत सेयर सर्वसाधारणको छ ।
सूचना प्रविधि, बैंकिङ सेवाको गुणस्तर वृद्धि गर्दै शाखारहित बैंकिङ कार्यक्रमलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा व्यवस्थित बनाउने बैंकको लक्ष्य छ । बैंकले विप्रेषण सेवालाई विस्तार तथा जलविद्युत्, कृषि र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउने जनाएको छ ।