Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

नेपालले आफ्नो दोस्रो खेलमा कुवेतसामु सानदार जित

NIC Bank, Long AD

मध्यक्रम र पुछारका ब्याटस्म्यान चम्किए

November 10, 2014

nepal-u-19-cricketकुवेत, कार्तिक २४ – एसीसी आन्डर १९ प्रिमियर लिग क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा कुवेतसामु ३ सय २६ रनको लक्ष्य प्रस्तु गरेको थियो सो बिशाल लक्ष्य पछ्याएको कुवेत नेपाली बलर सामु धेरै टिक्न सकेन । २७.४ ओभरमा जम्मा ६३ रन मात्र बनाउदा सबै विपेट गुमायो । नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय २५ रन बनाएको थियो । कुवेत सिटीको दोहा इन्टरटेन्मेन्ट सिटी मैदानमा कुवेतले टस जित्दै नेपाललाई ब्याटिङ गर्न पठाएको थियो । कुवेतको निर्णय सही पनि साबित भयो । खेलको चौंथो ओभरमा नै नेपालले मात्र ९ रन बनाउँदा आफ्नो ३ विकेट गुमाएको थियो । हिजोको खेलमा ८९ रन बनाउँदै हिरो भएका शंकर राना शुन्य रनमै आउट भएपछि नेपाल संकटमा परेको थियो । तर, कप्तान राजु रिजाल र उपकप्तान आरिफ शेखले नेपालको खेललाई सम्हाल्दै ९४ रनको महत्वपूर्ण साझेदारी गरे । रिजालले ३१ रन बनाए भने शेखले ८७ रन बनाए । शेखले आफ्नो इनिङमा ६ चौका प्रहार गरे । त्यसपछि आएका सन्दीप सुनारले विश्फोटक ब्याटिङ गर्दै ४९ रन बनाए । उनले ६ चौका र एक छक्का प्रहार गरे । यस क्रमलाई निरन्तरता दिँदै खेलको अन्त्यतिर सौरभ खनाल र दिपेन्द्र सिंह ऐरीले अझ विस्फोटक ब्याटिङ गरेपछि कुवेतका बलरहरु थकित बनेका थिए । सौरभले ६४ रनको योगदान दिए भने दिपेन्द्रले २५३ को स्ट्राइक रेटले १९ बलमा ४ छक्का र २ चौकाको मद्दतले ४८ रन बनाए । उनी अन्तिम ओभरमा रन आउट भए । दुवैले मिलेर ६।५ ओभरमा ९६ रन जोडेका थिए । नेपालका लागि धमला, श्रेष्ठ
र अहमदले २/२ विकेट लिए ।