Digital Newspaper of Nepal
| Friday, 20 April 2018
Subscribe Google+
Smart 4G

शक्ति समीकरणमा बार्गेनिङ : अध्यक्ष थापा

NIC Bank, Long AD

November 11, 2014

0चितवन, २५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलबीच संविधानका एजेन्डामा नभई शक्ति बााडफााडमा कुरा नमिलेको दाबी गरेका छन । संविधान जारी भएपछि शक्ति समीकरणमा आफूलाई बलियो बनाउन नेताहरुले बार्गेनिङ गरिरहेको जिकिर गर्दै उनले संविधानका एजेन्डा देखावटीमात्र भएको आरोप लगाए ।
संविधान बनेपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री को बन्ने भन्ने विषयमा यिनीहरुको झगडा छ, तीन दललाई सङ्केत गर्दै थापाले भने, “सात प्रदेशमा हुने, आठमा नहुने, यो नाम हुने त्यो नाम नहुने भन्ने सबै देखावटी कुरा हो । शक्ति बााडफााडमा कुरा मिलेको एक हप्ताभित्र संविधान तयार हुने उनको ठोकुवा छ ।
“हामी सर्वधर्म समभाव, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राज्य र राजसंस्थासहितको प्रजातन्त्र चाहन्छाौ । यी एजेन्डा सम्बोधन नभए पनि संविधान जारी गर्ने विषयमा बाधक नबन्ने तर असहमति राख्ने छाौ थापाले भने ।
हिन्दू राज्यको माग गर्दैै पूर्व–पश्चिम रथयात्रा गर्न लागिएको थापाले जानकारी दिए । हिन्दू राज्यका सवालमा कााग्रेस र एमालेभित्र पनि ठूलो समर्थन रहेको उनको दाबी छ । अध्यक्ष थापाले भने “स्वयम् कााग्रेस सभापति सुशील कोइराला सकारात्मक हुनुहुन्छ भन्ने मैले बुझेको छु, खुमबहादुरजीहरुले त अभियान नै थाल्नुभयो, यो सकारात्मक छ”।