Digital Newspaper of Nepal
| Friday, 20 July 2018
Subscribe Google+
Smart 4G

हेलम्वू क्षेत्रमा संसारकै अग्लो बुद्धमूर्ति बन्ने

NIC Bank, Long AD

January 7, 2015

buddha murti silanyasसिन्धुपाल्चोक, २३ पुस । पर्यटकीय नगरी हेलम्वूलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा बिकास गर्न लागिएको छ । संसारकै अग्लो बुद्ध मूर्ति स्थापना गरेर यो अभियान सुरु गर्न लागिएको हो । सभासद शेरबहादुर तामाङले शिलान्यास गर्दै यस क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा बिकास गर्दै बुद्धभूमि निर्माण गर्ने अभियानमा समाहित गरे । साढे पाँच करोड रुपैयाँको लागत अनुमानसहित  स्थापना गर्न लागिएको बुद्ध मूर्ति  स्थापना चार बर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको छ । १०८ फिट अग्लो बुद्धको मूर्ति स्थापना गर्न चार चरणको योजना  तयार गरिएको छ । सिन्धुपाल्चोकको किउल ९मा स्थापनको लागि यहाँ रहेको नोर्वुलिङ बुद्ध केन्द्र किउलले गुरुयोजना तयार गरेको हो । हेलम्वू क्षेत्र बुद्ध भूमि भएका कारण यसलाई बौद्धमार्गीहरुको पवित्र तिर्थस्थलका रुपमा बिकास गर्न यहाँ संसारकै सवैभन्दा ठूलो बुद्ध मूर्ति स्थापना गर्न लागिएको सभासद तामाङले बताए । यसका लागि सडक र पर्यटन बिकासको गुरु योजना पनि तयार भएको छ । सडक सुधारका लागि सरकारी निकायबाट वजेटको ब्यवस्थासमेत भईसकेका कारण धार्मिक पर्यटनका रुपमा यस क्षेत्रले छिट्टै बिकास पाउने स्थानीयको बिश्वास छ । पबित्र भूमि हेलम्वू क्षेत्रमा बौद्धमार्गी ह्योल्मो जातीको बसोवास रहेको छ । यस क्षेत्रमा काटमार समेत नगर्ने उनीहरु बिश्वशान्तिको कामनासहित अघि बढेको बताउँछ । भिन्न भेषभुषा भिन्न रहनसहनमा बस्ने उनीहरुअतिथि सत्कारमा बढी खुशी हुन्छन् । गाम्रीण पर्यटन र पैदल मार्गका लागि गतिलो गन्तब्य रहेको यो क्षेत्रमा उत्पादित अन्नको निश्चित प्रतिशतसमेत बुद्धका नाममा खर्च गर्ने परम्परा रहेको छ । यो बुद्ध मूर्ति स्थापना गर्न स्थानीयबासीले  ब्यक्तिगत रुपमा रकम संकलन गरेका छन् । साथै अन्य दातृ निकायलाई पनि सहयोगका लागि अनुरोध गरिएको निर्माण समितिका अध्यक्ष फुर्वा ह्योल्मोले बताए ।