Digital Newspaper of Nepal
| Wednesday, 20 June 2018
Subscribe Google+
Smart 4G

कांग्रेस केन्द्रीय समिति बैठक बालुवाटारमा बस्दै

NIC Bank, Long AD

February 25, 2015

Congrass central meeting१३ फागुन, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ। बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय समितिको चौथो बैठक करिब डेढ घन्टापछि मात्र सुरु भएको हो । बैठकमा पार्टीको अनुशासन समितिको निर्णयउपर परेका पुनरावेदन, भ्रातृ संस्थाहरू, नेपाल तरुण दल, नेपाल महिला सङ्घ र नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाधिवेशन, संविधान निर्माण र दलहरूको बीचमा भइरहेको वार्ताबारे र विविध शीर्षकमा छलफल भई आवश्यक निर्णय लिइने कांग्रेसले जनाएको छ । पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको सभापतित्वमा जारी बैठकमा पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता छ । यसअघि गत सोमबार बसेको तेस्रो केन्द्रीय समिति बैठकले बैठकमा बोल्ने अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यले सहमतिमा संविधान जारी गर्न विभिन्न दलसँग भएका वार्ता र संवादका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए।