Digital Newspaper of Nepal
| Saturday, 22 September 2018
Subscribe Google+
Smart 4G

चिकित्सा शास्त्रका विद्यार्थीद्वारा प्रदर्शन

NIC Bank, Long AD

April 1, 2015

resize_image1१८ चैत, काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका विद्यार्थीहरुले आफ्ना प्रा.डा.गोबिन्द केसीको माग पूरा गराउन प्रदर्शन गरेका छन् । सयौंको संख्यामा शिक्षण अस्पतालबाट नारा जुलस गर्दै उनीहरु बाँसबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर नारावाजी र प्रदर्शन गरे ।
डा.केसीको अनशनको ११ औं दिनसम्मपनि उनको माग सम्बोधन नभएपछि आक्रोशित विद्यार्थीहरुले काउन्सिलमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीसँग झडप समेत भएको छ । त्यसक्रममा दुई जना विद्यार्थी घाइते भएको  जुलुसमा सहभागी चिकित्सा शास्त्रका छात्र सुमन आचार्यले बताए । काउन्सिलमा आफ्नो ज्ञापन बुझाएर डाक्टरहरुको र्‍याली नारावाजी गर्दै शिक्षण अस्पताल फर्किएको छ । उनीहरुले डा.केसीको जीवन रक्षा र उनले उठाएको माग पूरा गर्न नारावाजी गरेका छन् । साथै मेडिकल काउन्सिलका अध्यक्ष डा.जागेश्वर गौतम लगायतका पदाधिकारीको वर्खास्तीको माग पनि उठाएका छन् । सरकारी टोलीले मंगलबार अबेर रातिसम्म केसीको अनशन तोडाउने प्रयास गरेपनि सफल हुन सकेनन् । आफ्ना सबै मागमा केसी अडिग रहेपछि मुख्य सचिव लिलामणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्षको टोली फर्किएका थिए । बुधबार अपरान्हसम्म कुनै वार्ता हुन सकेको छैन ।

ओपीडी बन्द

प्रा.डा.गोबिन्द केसीको माग पूरा गर्न सरकार गम्भीर नरहेको भन्दै नेपाल चिकित्सक संघले बुधबारदेखि स्वास्थ्य सेवा बन्दको आह्वान गरेको छ । संघको आह्वानका कारण अस्पतालहरुले ओपीडी सेवा दिएको छैन । सरकारी स्तरको ठूला मानिएको वीर अस्पतालमा ओपिडी सेवा बन्द हुँदा त्यहाँ उपचारका लागि पुगेका बिरामी बिचल्लीमा परेका छन् । ओपिडीका लागि आज टिकट काउन्टर नै नखुलेको त्यहाँ पुगेका एक बिरामीले बताए ।