Digital Newspaper of Nepal
| Thursday, 19 April 2018
Subscribe Google+
Smart 4G

भियतनाममा मन्त्री थकालीको द्धिपक्षीय भेट

NIC Bank, Long AD

March 10, 2017

Meeting with DPM and FM of Vietnamकाठमाडौं । युरो एशिया क्षेत्रका लागि पारवहन, व्यापार सहजीकरण र दिगो विकासका लक्ष्यमा सहयोग विषयक उच्चस्तरीय बैठकका सिलसिलामा भियतनाम भ्रमणमा रहेका वाणिज्य मन्त्री रोमी गौचन थकालीले विभिन्न देशका प्रतिनिधीहरुसँग भेटवार्ता गरि द्धिपक्षीय हित र चासोका बिषयमा कुराकानी गरेका छन् । मन्त्री थकालीले संयुक्त राष्ट्र संघ सम्बन्धी दिगो विकास एजेण्डा २०३० का लागि विश्व बैंकका वरिष्ठ उपाध्यक्ष माहोम्मुद मोहिद्धिनसँग फागुन २६ गते भेटवार्ता गरे । भेटघाटका अवसरमा मन्त्री थकालीले नेपालको आर्थिक सामाजिक विकासमा विश्व बैंकले पु¥याएको योगदानको प्रशंसा गर्दै नेपालको व्यापार सहजीकरणका लागि गुणस्तर प्रयोगशालाहरुको निर्माण,एकीकृत जाँचचौकी निर्माण, सीमा नाकाहरुमा मिरर ल्याव सुविधा विस्तार, पूर्वाधार विकासमा विश्वबैंकबाट थप सहयोगको अपेक्षा राखेका छन् । विश्व बैंकका वरिष्ठ उपाध्यक्ष मोहिद्धिनले नेपालले गरिरहेका सुधारको प्रशंसा गर्दै विश्व बैंकबाट हुने सहयोगका लागि आवश्यक समन्वय गर्ने कुरा बताए । बैठककै सिलसिलामा वाणिज्य मन्त्री थकालीले भियतनामका उप प्रधानमन्त्री तथा विदेशमन्त्री फाम विम्म मिम्मसंग उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । भेटघाटका अवसरमा मन्त्री थकालीले भियतनाम सरकारलाई युरो एशिया क्षेत्रका लागि पारवहन, व्यापार सहजीकरण र दिगो विकासका लक्ष्यमा सहयोगको उच्चस्तरीय बैठक सफलता पूर्वक सम्पन्न गरेकोमा बधाई दिदै भियतनामले छोटो समयमा गरेको आर्थिक विकासबाट आफू प्रभावित भएको बताए । उक्त भेटघाटका अवसरमा नेपाल र भियतनामबीच व्यापार, लगानी,पर्यटन र उर्जा विकासका क्षेत्रमा सहकार्य बढाउने लगायतकाद्विपक्षीय हितका विषयमा छलफल भएको थियो । बैठककै सन्दर्भमा भियतनामका सहायक विदेशमन्त्री फाम शान चुले समेत भेटवार्ता गरेका थिए । फाल्गुन २४ गते देखि शुरु भएको युरो एशिया क्षेत्रका लागि पारवहन, व्यापार सहजीकरण र दिगो विकासका लक्ष्यमा सहयोग विषयक उच्चस्तरीय बैठक अन्तर्राष्ट्रीय रुपमा गरिएका प्रतिबद्धताहरुको प्रभावकारी रुपमा कार्यान्वयनका लागि विभिन्न सुझावहरु सहित यहि फागुन २६ गते समापन भएको छ । उक्त वैठकमा सहभागी भई वाणिज्य मन्त्री थकाली नेतृत्वको टोली भियतनामबाट फाल्गनु २७ गते स्वदेश फर्किएको छ ।