Digital Newspaper of Nepal
| Friday, 20 July 2018
Subscribe Google+
Smart 4G

आफैंले गाडी फुटाएर अज्ञात समूहलाई दोष

NIC Bank, Long AD

November 18, 2017

मुस्ताङ । अनेको प्रोपोगाण्डा गर्दै आएको मुस्ताङको एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले फेरि अर्को नौंटकी गर्न भ्याएका छन् । काँग्रेसका उम्मेदवारले गरेको विकास र समृद्धिलाई ओझेलमा पारेर नौंटकी गरेकै आधारमा चुनाव जित्ने योजना बनाए पनि त्यो एक पछि अर्को गर्दै असफल भएको देखिएको छ । र, उनको पछिल्लो नौंटकी भने आफ्नो चुनावी प्रचारको लागि हिडेको गाडीलाई आफ्नै कार्यकर्ता लगाएर तोडफोड गरिएको छ तर एमालेका उम्मेदवार तुलाचनले भने अज्ञात समूहले तोडफोड गरेको भन्दै प्रचार प्रसार गरिरहेका छन् । तुलाचनको चुनावी सभामा प्रयोग हुँदै आएको ग १ य ३९६ नम्बरको ल्याण्डरोवर गाडी शुक्रवार अज्ञात समूहले तोडफोड गरेको प्रचार ग¥यो जबकी त्यो गाडी स्वयम् तुलाचनकै नेतृत्वमा तोडफोड भएको स्रोतले बताएको छ ।


बाह्र गाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी स्थित होटल ड्रागनको कम्पाउण्ड पार्किङ गरि सुरक्षित राखिएको गाडीमा तुलाचनले नै कार्यकर्तालाई निर्देशन दिएर तोडफोड गर्न लगाएका हुन् । जनमत आफ्नो पक्षमा तान्न उनले यस्को दोष काँग्रेस कार्यकर्तालाई लगाएको छन् । कुनै स्पष्ट एजेण्डा विना नै रिस र आवगेमा उनले काँग्रेस कार्यकर्तालाई आरोप लगाएको भन्दै काँग्रेस रुष्ट छन् । आफू र आफ्ना कार्यकर्तालाई प्रयोग गरेर गाडीलाई समान्य क्षति पु¥याइएको भएपनि एमाले भने काँग्रेस र अज्ञात समूहलाई दोष दिइरहेका छन् । आफ्नो होटल परिसरमा आफैंले फुटाएको गाडीको दोष अरुलाई थोपरेर एमालेले अर्को प्रोपोगाण्डा गर्न खोजिरहेको एक काँग्रेस कार्यकर्ताले बताए ।