Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

फेरि समातियो १७ किलो सुन, चुनावको बेला सुन तस्करी तीव्र

NIC Bank, Long AD

November 18, 2017

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रसुवागढीले केरुङबाट लुकाएर ल्याएको १७ किलो सुन बरामद गरेको छ । गाडीमा लुकाएर ल्याएको सुनसहित प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ ।
बा ११ च ७९१८ नम्बरको जीपबाट भन्सार छलेर भित्याइएको सुनसहित चालक कासाङ दावा तामाङलाई पक्राउ गरेको रसुवाका डिएसपी शरत कुमार थापाले बताए । सुन कसको हो भन्नेबारे हालसम्म कुनै जानकारी नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । चुनावको बेला सुन तस्करी तीव्र भएको यो घटनाले देखाएको छ । सुरक्षा संयन्त्र चुनावी तयारीमा जुटेका बेला तस्करहरु भने सुन तस्करीमा लागेको देखिएको छ । यसअघि पनि ८८ केजी,१५ केजी गरि पटक पटक सुन बरामद भइसकेको छ ।