Digital Newspaper of Nepal
| Thursday, 19 April 2018
Subscribe Google+
Smart 4G

नेपालमा लगानी भित्र्याउन सेमिनार

NIC Bank, Long AD

December 12, 2017

लन्डन । नेपाल आर्थिक समृद्धिको बाटोमा उन्मुख भएको बताइरहँदा लन्डनमा व्यापार तथा लगानी विषयक एक सेमिनार हुने भएको छ । लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स बीएनसीसीको संयुक्त आयोजनामा बिहीबार सांझ कार्यक्रम गर्न लागिएको हो । बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी हुने उक्त कार्यक्रममा नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गरिने बिएनसीसी अध्यक्ष राजन कंडेलले जानकारी दिए । सेमिनारमा भारतीय मुलका ब्रिटिश व्यापारीको उल्लेख्य सहभागिता हुने कंडेलले बताए ।

उक्त सेमिनारमा बेलायतको विदेश मन्त्रालय ९फरेन एण्ड कमनवेल्थ अफिसकी प्रतिनिधि जेनिफर नेल्सन, बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कँडेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने तयारी छ । नेपालमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनपछि स्थायी सरकार गठनको मार्ग प्रशस्त भएका बेला वैदेशिक लगानी भित्रयाउने प्रयास स्वरुप हुन लागेको यस सेमिनारमा इच्छुक सबै व्यवसायीलाई आमन्त्रण गरिएको छ ।