Digital Newspaper of Nepal
| Wednesday, 19 December 2018
Subscribe Google+
Smart 4G

गुटबन्दी त्यागेर जापानमा काँग्रेस एक भए

NIC Bank, Long AD

December 17, 2017

जापान । लामो समयदेखि गुटबन्दी र वादविवादलाई अन्त्य गर्दै नेपाली काँग्रेस निकट जापान जनसम्पर्क समिति जापानका पदाधिकारीहरु एक भएका छन् । अधिवेशनका कारण विवादमा फसेको जनसम्पर्क समिति जापानका पदाधिकारीहरुले एक एक बर्ष पदावधि बाँडेका थिए । पहिलो एक बर्षको अवधि पूरा गरि डण्डपानी कँडेल (डिपी) ले अध्यक्षको जिम्मेवारी लाल बहादुर केसी (रोशन) लाई हस्तातरण गरेपछि अहिले जापानमा रहेका सबै काँग्रेसका सुभेच्छुकहरु खुसी भएका छन् ।


नेपालमा मात्रै होइन नेपाल वाहिरका जनसम्पर्क समितिहरुमा समेत वादविवाद भइरहने काँग्रेसका लागि यो निक्कै खुसीको बिषय हो । पहिले भएकै सहमति अनुसार आफूले कार्यकाल पूरा गरेपछि पद केसीलाई हस्तान्तरण गरेको कँडेलले बताउनु भयो भने कार्यक्रममा पदभार ग्रहण गरेका केसीले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । जापान जनसम्पर्क समितिमा देखिएको यस मेलमिलापले अरु ठाउँमा विभाजित भएका समितिहरुलाई समेत एक हुन दवाव बढेको छ ।