Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

संग्लन मन्त्री र सचिव दोष निमित्त सचिवलाई ?

NIC Bank, Long AD

December 20, 2017

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा अहिले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमलाई स्पष्टीकरण सोधिएको बिषयले चर्चा मात्रै होइन सनसनी नै मच्चाएको छ । तर, यो स्पष्टीकरण प्रकरणमा स्वयम् मन्त्री जीतेन्द्र देव र सचिव महेश्वर न्यौपानेको संग्लनता रहेको तथ्य फेला पारेको छ । २०७४ भदौ २८ गते मन्त्रालयका तत्कालीन निमित्त सचिव सुरेश आचार्यले यो स्पष्टीकरण सोध्ने निर्णय गर्ने पदाधिकारी थिए र अहिले स्पष्टीकरणको बुँदा नम्बर ४ लाई लिएर प्राधिकरणका महानिर्देशक गौतमले अनावश्यक लविङ गरेपछि यो बिषय सतहमा आएको हो ।

तत्कालीन निमित्त सचिव आचार्यले सोधेको ११ बुँदे स्पष्टीकरणको बुँदा नम्बर ४ मा लेखिएको छ–उच्च राष्ट्रिय प्राथमिकता (p1) मा रहेको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल क्षमता सुधार आयोजना (TIACEP) कार्य गरिरहेको स्पेनिश ठेकेदार कम्पनी M/S Sanjose  र स्पेनिश परामर्श दाता कम्पनीले गरिरहेको उक्त कार्यको कार्य सम्पादनमा सुधार गर्न गराउन प्राधिकरणको कार्यकारी प्रमुखको हैसियतले तपाईले पर्याप्त वार्ता समन्वय गरि सहजीकरण गर्नुपर्ने र समय समयमा M/S Sanjose लगाई आयोजनाको काम अगाडि बढाउनु पर्नेमा त्यसो नगरि ठेकेदारलाई हटाई मुलुकको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थलको विस्तार कार्य अलपत्र हुन पुगेको तथा आयोजनाको लागत र समय बढे बढाएको ।

र, यही बुँदालाई आधार मानेर स्पेनिशलाई फाइदा पुग्ने स्पष्टीकरण सोधिएको भन्दै गौतमले अहिले प्रचारवाजी गरेपनि यो बिषयको रहस्य हामीले फेला पारेका छौं ।
र, यो स्पष्टीकरण सोध्ने व्यक्ति अरु कोही नभएर पर्यटन मन्त्री देव र सचिव न्यौपानेले नै सदर गरेका छन् । महानिर्देशक गौतमलाई स्पष्टीकरण सोध्ने निर्णय मन्त्री देवले भदौ २७ गते गरेका थिए । त्यसअघि मन्त्रालयका उपसचिव टेकनारायण पौडेलले शुरुमा टिप्पणी उठाएका छन् भने २६ गते नै अर्का सहसचिव धनश्याम उपाध्यायले यसलाई सदर गरेका छन् र त्यसपछि यो स्पष्टीकरणको टिप्पणी सचिव महेश्वर न्यौपानेमा पुगेको देखिन्छ । सचिव न्यौपनाले पनि २६ गते नै स्पष्टीकरण सोध्ने फाइल सदर गरेर मन्त्री देवको पठाका थिए ।

मन्त्री देवले यही चार नम्बर बुँदा राखिएको स्पष्टीकरणमा भदौ २७ गते सदर गरेको प्रमाण हामीले फेला परेका छौं । स्रोतले भन्यो–त्यही उपसचिव, सहसचिव, सचिव र मन्त्रीले स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए र हुँ बहु त्यही बुँदा राखिएको बिषयमा तत्कालीन निमित्त सचिव कसरी दोषी हुन सक्छन् । यदि यो बुँदा राखिदा देशलाई हानी भएको र स्पेनिश कम्पनीलाई फाइदा भएको भए कारवाही उपसचिव पौडेल, सहसचिव उपाध्याय, सचिव न्यौपाने र मन्त्री देवलाई हुनुपर्छ न कि निमित्त सचिव आचार्यलाई । २७ गते चीन भ्रमणमा सचिव न्यौपाने निस्किएकाले मात्रै वरिष्ठ सहसचिवको हैसियतले सुरेश आचार्यले स्पष्टीकरण सोधेको देखिएको हो । तर, अहिले सचिव न्यौपाने आफैले सदर गरेको फाइल विपरित गलत व्याख्या गर्दै हिडन थालेपछि प्रशासनका जानकारहरु नै अचम्ममा परेका छन् ।