Digital Newspaper of Nepal
| Saturday, 24 February 2018
Subscribe Google+
Smart 4G

प्रदेशसभाको समानुपातिकमा कुन दलले कति सिट पाए ?

NIC Bank, Long AD

एमाले ७५, कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय फोरम १३, राजपा १२

December 22, 2017

काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ दलहरुले प्राप्त गरेको प्रदेशअनुसार सिट बाँडफाँड गरेको छ । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा शुक्रबार पत्रकार सम्मेलन गर्दै दलहरुले प्राप्त गरेको मतको आधारमा सिट वितरण गरेको हो। जसअनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट पाएका छन्। यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३ र ३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएका निर्वाचन आयोगले जनाएको छ।