Digital Newspaper of Nepal
| Saturday, 22 September 2018
Subscribe Google+
Smart 4G

सिन्धुपाल्चोकमा सापकोटाको चुनाव खर्च २४ लाख ८० हजार, राणा, बस्नेत र तामाङले बुझाएनन्

NIC Bank, Long AD

January 9, 2018

सिन्धुपाल्चोक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट सोमबारसम्म ९ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले २४ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।

सापकोटाका प्रतिस्पर्धी सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने खर्च विवरण बुझाएका छैनन्। प्रतिनिधि सभा २ तर्फमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्सेर जबरा र एमालेका शेरबहादुर तामाङ दुवैले खर्च विवरण नबुझाएका निर्वाचन कार्यालयले जनाएको छ। प्रदेशसभाका उम्मेदवारहरु सोम नोर्बु शेर्पाले ६ लाख ५९ हजार ६ सय ७५, सुमन श्रेष्ठले १ लाख ७७ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्। त्यस्तै प्रदेशसभाकै उम्मेदवार एमालेका अरुण नेपालले १४ लाख, ८७ बुझाएका छन्। एमालेकै सरेस नेपालले १२ लाख ५६ हजार ८ सय, नेपाली कांग्रेसका राजेन्द्रकुमार श्रेष्ठले १४ लाख १ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएकोछ। प्रतिनिधि सभा २ को ‘क’ मा माओवादीका युवराज दुलाल शरदले १४ लाख ९३ हजार ६ सय र कांग्रेसका विकास तामाङले ११ लाख ९ हजार ७ सय बुझाएका छन्। भने ‘ख’ तर्फ कांग्रेसका निमा लामा ह्यामोले १२ लाख ४१ हजार १ सय बुझाएका छन्।