Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

डा. केसीले सर्वोच्चको इजलासमै भने: गोपाल पराजुली भ्रष्ट र माफिया हुन्

NIC Bank, Long AD

January 10, 2018

काठमाडौं । प्रा. डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको बताएका छन् । डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ ।

सुनुवाईका क्रममा डा. केसीले पनि इजलासमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् । आफू कसैको रैती नभई सार्वभौम देशको सचेतक नागरिक भएको र संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताए । उनले आफूले नभई प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेको दोहोर्‍याएका छन् । अहिले केसी पक्षीय वकिलहरुले बहस गर्दैछन् ।