Digital Newspaper of Nepal
| Sunday, 16 December 2018
Subscribe Google+
Smart 4G

प्रोफेसर डा. सिटौलाका संसार एक पाठशाला पुस्तक विमोचन

NIC Bank, Long AD

January 10, 2018

काठमाडौं । नर्वेमा रहेर लामो समयले पठन पाठनमा सक्रिय रहनु भएका प्रोफेसर डा. विशाल सिटौलाको पुस्तक “संसार एक पाठशाला”को विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह तथा अनेसास भेलाको दिन पारेर जनवरी ६ तारिकका दिन अमेरिकाको भर्जिनियामा आयोजित एक विशेष कार्यक्रममाबीच पुस्तकको विमोचन गरिएको हो ।


अमेरिका लागि नेपाली राजदूत डा. अर्जुन कार्की, प्रेमराजा महत लगायतका विभिन्न विशिष्ट व्यक्तिहरुले उक्त भव्य कार्यक्रमकाबीच डा.सिटौलाको पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै डा. कार्कीले “संसार एक पाठशाला” सबैका लागि रोचक रहेको बताउनुभयो । संसारबाट पाठ सिकेर अगाडि बढ्न पुस्तकले प्रेरणा दिएको उहाँको भनाई छ ।


विगत ३० बर्ष भन्दा लामो समय नर्वेजियन युनिभरसिटि अफ लाइफ लाइन्सेस्मा प्राध्यापन गर्दै आउनु भएका डा. सिटौलाले अफ्रिका, एशिया, दक्षिण अमेरिका लगायत विभिन्न महादेश भ्रमण गर्दा देखेका कारुणिक दृश्य र त्यहाँको अवस्थालाई समेटेर पुस्तक तयार पार्नु भएको हो । गरिवी, अशिक्षा र अन्य विविध कारणले समाजलाई कसरी असर गर्छ र त्यो असरले देशविकासमा कस्तो प्रभाव पारिरहेको हुन्छ भन्ने बिषयलाई पुस्तकमा गहन रुपले प्रस्तुत गरिएको छ । संसारका विभिन्न देशहरुको यात्रा अनुभव समेटिएको पुस्तकले ती देशहरुको वास्तविक अवस्थालाई शब्द र तस्वीर दुवैमा वर्णन गरेको छ ।