Digital Newspaper of Nepal
| Thursday, 19 April 2018
Subscribe Google+
Smart 4G

प्रसाईंलाई स्वास्थ्य सम्मान

NIC Bank, Long AD

January 14, 2018

काठमाडौं । बी एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई स्वास्थ्य सम्मान २०७४ प्रदान गरिएको छ । देशभक्त गणतान्त्रिक मन्चले स्वास्थ्य सेवा मार्फत देशलाई उल्लेख्य योगदान प्रदान गरेका प्रसाईलाई स्वास्थ्य सम्मान प्रदान गरेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसाईलाई माल, खादा र प्रमाणपत्र प्रदान गरि शनिवार सम्मान गर्नु भएको हो । होटल हार्दिकमा वागबजारमा आयोजित विशेष समारोहकाबीच प्रसाईलाई सम्मान गरिएको हो । बी एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई झापामा मात्रै नभई पूर्वि नेपाल र समग्र देशमै सस्तो, सुलभ सेवा पु¥याउन अहोरात्र खटिनु भएको छ ।