Digital Newspaper of Nepal
| Wednesday, 19 December 2018
Subscribe Google+
Smart 4G

भुटानी शरणार्थी मामिला सम्बोधन गर्न भुटनिज कम्युनिटी इन अमेरिकको माग, नेताहरुले भने सहयोग गछौं

NIC Bank, Long AD

January 19, 2018

काठमाडौं । अर्गनाइजेशन अफ भुटनिज कम्युनिटी इन अमेरिकाका अध्यक्ष दिलीप दाहालले भुटानी शरणार्थी मामिला सधैंका लागि सम्बोधन गर्न विभिन्न व्यक्तिहरुसँग छलफल गर्नु भएको छ । नेपालका विभिन्न राजनीतिक दल, तिनको नेतृत्व, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ, नेपालस्थित अमेरिकी दूतावास र युएनएचसीआरका प्रतिनिधिहरु सामु चार बुँदे माग प्रस्तुत गरेका थिए ।
के छ माग पत्रमा ?
उक्त माग पत्रमा लेखिएको छ–उपयुक्त सम्बन्धमा यो छ कि हामी नेपाली भाषी भुटानी शरणार्थीहरु लामो समयदेखि पीडामा छटपटाइरहेका थियौं । दुई दशकदेखि शरणार्थी जीवन बिताइसकेपछि र आफ्नो घर भुटान फर्कने चाहना असम्भव जस्तै भएपछि हामीले वाध्य भएर तेस्रो देश पुर्नस्थापनाको विकल्प रोज्नु प¥यो । शरणार्थी समस्या समाधान गर्ने तीन विकल्प नम्बर १ स्वदेश फिर्ती, नम्बर २ शरणार्थी भएकै देशमा पुर्नस्थापना र नम्बर ३ तेस्रो देश पुर्नस्थापना मध्ये एक विकल्प रोज्नु हाम्रो लागि वाध्यकारी थियो । त्यसैले हामीले तेस्रो देश पुर्नस्थापनाको विकल्प रोजेको यहाँहरु सबैलाई विदित नै छ । तेस्रो देशको ढोका खोलिदिएकोमा हामी नेपाल सरकार, विभिन्न दातृ समुदायहरु र हामी भुुटानी शरणार्थीप्रति सुभेच्छा राख्ने सबैलाई धन्यवाद दिन चाहाछौं ।
सन् २००८ मा शिविरमा बस्दै आएका शरणार्थीहरुलाई तेस्रो मुलुकमा पुर्नस्थापना सुरु गरिएको थियो । यतिबेलासम्म १ लाख १० हजार भुटानी शरणार्थीहरु अन्य तेस्रो मुलुकमा पुर्नस्थापित भइसकेका छन् । जसमा ९० हजार शरणार्थीहरु अमेरिकामा बसोवास गरिरहेका छन् भने अन्य क्यानडा, अस्टे«लिया, बेलायत, डेनमार्क र नेदरल्याण्डमा जीवन विताइरहेका छन् । नेपाल सरकारले भुटानसँग १५ चरणसम्मको वार्ता गर्दा पनि समस्या समाधान नभएपछि वाध्य भएर हामी भुटानी शरणार्थीहरुले तेस्रो देश पुर्नस्थापनाको विकल्प रोज्नु परेको हो । विश्वमै तेस्रो देश पुर्नस्थापनामा भुटानी शरणार्थीहरु उदाहारणीय देखिए पनि अहिले ६ हजार ५ सय भन्दा बढी भुटानी शरणार्थीहरु झापाका विभिन्न शरणार्थी शिविरमा कष्टकर जीवन विताइरहेका छन् । २०१७ को डिसेम्बरदेखि तेस्रो देश पुर्नस्थापनाको विकल्प सकिएपछि उनीहरुको भविष्य अहिले अन्योलमा परेको छ । नेपालमा स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भई मुलुक राजनीतिक स्थायीत्वको दिशामा अगाडि बढेका बेला भुटानी शरणार्थी समस्या सधैंका लागि हल गर्न पहल गरिदिन हुन यो निवदेन पेश गरेका छौं ।

हाम्रा मागहरु निम्न लिखित छन् ।
१) अब बन्ने स्थायी सरकारले भुटान सरकारसँग वार्ता गरि झापाका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थी भुटान फकाई दिन पहल गरोस् ।
२) यदि भुटान फर्काउँन सकिदैन भने नेपालकै विभिन्न ठाउँमा बाँकी रहेका ६ हजार ५ सय भन्दा बढी भुटानी शरणार्थीहरुलाई पुर्नवास गरियोस् ।
३) विभिन्न कारणले गर्दा छुटेका १ हजार ६ सय भन्दा बढी छुटेका भुटानीलाई शरणार्थी परिचय पत्र वितरण गरि दर्ता गरियोस् ।
४) स्वदेश फिर्ती हुन नसक्ने, नेपालमै पुर्नस्थापना हुन नसक्ने र तेस्रो देश पुर्नस्थापना पनि बन्द हुने अवस्था हो भने भुटानी शरणार्थी मामिलालाई नेपाल सरकारले अन्र्तराष्ट्रियकरण गरिदिओस् । यदि अहिलेका देशहरु बन्द भएको हो भने नयाँ देशहरु खोजेर भएपनि भुटानी समस्याको समाधान गरियोस् ।

यस्तो छ भुटानी शरणार्थीका विषयमा विभिन्न राजनीतिक दलको प्रतिवद्धता
१) डा. बावुराम भट्टराई, पूर्व प्रधानमन्त्री, संयोजक नयाँ शक्ति पार्टी, सांसद क्षेत्र २ गोरखा


भुटानी शरणार्थी समस्या हाम्रो दक्षिण एसिया कै अत्यन्त पेचिलो समस्या रह्यो । कुनै पनि मान्छेले आफ्नो देशमा सम्मान पूर्वक बाँच्न पाउनु पर्ने नागरिकको रुपमा नागरिकता पाउन पर्ने उसको नैसर्गिक अधिकार थियो तर भुटानी शरणार्थीहरुलाई त्यसबाट बञ्चित गरियो । फेरि पनि अहिले त्यी शरणर्थी तेस्रो देशमा पुर्नस्थापित गर्ने कार्य भयो र यो चलिराखेको छ । अहिले पनि नेपालमा ६ हजार पाँच सय जति भुटानी शरणार्थीहरु नेपालमा पनि हुनुहुन्छ । यस विषयका मेरो स्पष्ट धारण के हो भने पहिलो त उनीहरु आफ्नै जन्म थलो कर्मथलो गएर सम्मान पूर्वक बाँच्न पाउने उहाँहरुको अधिकारको प्रत्याभूति गरिनुपर्दछ । त्यसको निम्ति नेपाल सरकारले पहल जारी राख्नु पर्दछ । यो कुरा भने जस्तो हुन सकेन भने अर्को विकल्प के हुन सक्छ त्यस विषयमा खोजेर सम्मान पूर्वक नै तेस्रो देशमा अथवा अन्य देशमा पुर्नस्थापना र सुरक्षाको वातावरणका लागि पहल गरिनु पर्दछ । त्यस निम्ति नयाँ शक्ति पार्टी र मेरो व्यक्तिगत तर्फबाट पूर्ण रुपमा पहल गर्नेछु ।

२) उपेन्द्र यादव, अध्यक्ष संघीय समाजवादी फोरम नेपाल
भुटानी शरणार्थीका विषयमा म परराष्ट्र मन्त्री हँुदा श्रीलङकामा भुटानी समकक्षीसंग साथै एक पटक भारतमा मन्त्रिस्तरीय सार्कको बैठकमा कुराकानी भएको थियो । हाम्रो सधैं एउटै कुरा के रह्यो भने तेस्रो देशमा पुर्नस्थापना स्थायी समाधान होइन । त्यसको उपयुक्त समाधान आफ्नो मुलुकमा फर्किन पाउनु पर्दछ । भुटानबाट नेपालमा आउन जुन कुराले बाध्य पारियो त्यो कारणलाई समाधान गरि आफ्ना नागरिकलाई भुटान लैजानु पनि पर्दछ र जानु पनि पर्छ त्यो उसको हक पनि हो । यहि कुरा अन्तर्राष्ट्रिय न्यायले पनि भन्दछ । आफ्ना नागरिक होइनन् भन्दै भुटान सरकार यस बिषयमा सकारात्मक छैन । भारत सरकारसँंग पनि मैले कुरा राखेको थिए । त्यस विषयमा तेस्रो मुलुकमा पुर्नस्थापनाका लागि अन्तिम समाधान उनिहरु आफ्नो मुलुक जान पाउन पर्छ । वाँकीले आफ्नो परिचय पत्र पाउन पर्छ त्यी पनि भुटानी नागरिक हुन् । त्यसैले यो नै अन्तिम समाधानको विकल्प हो । नेपालमा बसी रहँदा हामीले मानवीय भावनाले पनि सक्दो सेवा सुविधाहरु दिनुपर्दछ र भुटान फर्कन पाउँने अधिकार सुरक्षित गर्न सबैले भूमिका खेल्न जरुरी छ ।

३) सुरेन्द्रकुमार कार्की (राम कार्की ) नेता नेकपा माओवादी केन्द्र, सांसद झापा क्षेत्र नम्बर १
शरणार्थीहरुलाई आन्दोलनकारीको रुपमा फेर्ने प्रयास बिचमा भयो तर आन्दोलनकारीको हैसियत बनाएका मानिसले पछि बिदेश पलायन भए । जब बिदेश जाने अवसर आयो हाम्रो तेश्रो मुलुकमा पहिलो मुलुककोप्रतिको बुझाई त्याहाँ त स्वर्गै छ भन्ने सोच थियो । त्यहाँ पुगेर स्थापित भएर त्यहाँको मध्यम वर्गमा पुग्न अझै चार पाँच पुस्ता लाग्छ भन्ने मलाई लाग्छ । अब दोश्रो कुरा यसले डेमोक्रेसीमा त भुटानबाट आएका शरणार्थीहरुले राष्ट्रियताको कुरा गरे, त्यो आँट आएको होइन र मैले धेरै पटक आन्दोलनकारीलाई भनेको छु तपाईहरु भारतको बाटो भएर नेपाल आउनु भयो तर नेपालबाट भारत हुँदै भुटान फर्कन खोज्दा मितेरी पुलमा किन रोक्ने र छेक्ने काम भयो । भुटानको परराष्ट्र नीति भारतले हेरिरहेको स्थितिमा जवसम्म यो कुरा भारतलाई बुझाउन सकिदैंन र यो समस्याको महशुस गर्न सक्दैन भने यो समस्याको समाधान निस्कदैन भन्ने मलाई लाग्छ । मैले भुटानको जनता पार्टीको जुन भुटान छ त्यसको वीपीहरु जो बाँचेका हुनुहुन्छ उहाँहरुलाई बुझाउन सकिन्छ । किनभने पहिला म पनि राजनीतिक रुपमा प्रवासमा थिए त्यो म बसेकै ठाउँमा धेरै जना आउनु हुन्थ्यो । खासगरि पहिलो जनता पार्टी जन्मियो त्यो बेला म साथीहरु संगै थिए । जस्तैः आर. के. क्षेत्री, जागिरमान लामा, त्यस्तै हरिमान भन्ने हुनुहुन्थ्यो । यहाँसम्म कि बिचरामा उहाँहरु आएर मसँग उहाँहरुसँग भएको पैसाहरु जे छन् ती सबै मलाई राख्न दिनुहुन्थ्यो । म त्यही झापाको प्रतिनिधी भएको हैसियतले यस बिषयमा जानकारी राख्ने व्यक्ति भएकाले नि भन्छु कि यसको स्थायी समाधानका लागि शरणार्थीहरुलाई भुटान नै फर्काइनु पर्छ ।

४) गगन कुमार थापा, युवा नेता तथा सांसद काठमाडौं क्षेत्र नम्बर ४
दिलीपजीले भुटानी शरणार्थीका बिषयमा गराउनु भएको ध्यानाकर्षणका लागि धन्यवाद । पछिल्लो समयमा यस बिषयमा बहस र छलफल कम हुन थालेको छ अवस्थामा यसलाई फेरि अगाडि बढाएर लैजानु आवश्यक छ । अझै पनि धेरै भुटानी शरणार्थीहरु न आफ्नो देश फर्कन पाएको न त अरु कुनै वैकल्पिक व्यवस्था हुन पाएको अवस्थामा हुनुहुन्छ । उहाँहरुको बारेमा यी चार वटा विकल्पमा कुनै न कुनै कुराबाट तत्काल अगाडि बढाउने कुरामा नेपाल सरकारले पहल शुरु गरोस भन्ने अपेक्षा गर्नु भएको छ । यस प्रति हामी स्वभाविक रुपले सकारात्मक छांै । संसद् शुरु भएर नयाँ सरकार बनेपछि यस विषयमा मेरो ठाँउबाट सबन्धित निकायमा ध्यानाकर्षण गराउने सक्दो प्रयास र पहल गर्नेछु ।

५) योगेश भट्टराई, सचिव नेकपा एमाले, सांसद ताप्लेजुङ
भुटानबाट मुलत नेपाली भाष्ीाहरु र अन्य भुटानीहरु पनि राजनीतिक प्रतिशोधका कारणले लखेटिए । नेपालमा आएर उहाँहरुले शरणार्थीको रुपमा शरणमा बस्नुभयो । म र हाम्रो पार्टीले भुटानी शरणार्थीहरुका विषयमा स सम्मान भुटान फिर्ति हुन पाउनु पर्छ भन्ने मान्यता राख्छौं । त्यसका लागि हामीले हाम्रो पार्टीको नेतृत्व भएको बेलामा भुटान सरकारको बिभिन्न प्रतिनिधिसँग कुराकानी ग¥यांै । तर त्यस पक्षमा भुटान पक्ष नै उदासिन देखिदैं आयो । साथै यसमा मित्रराष्ट्र नाताले यसमा जुन तहमा यसमा आत्मियता, सहयोग हुनु पर्दथ्यो त्यो पनि भएन । जसले गर्दा यो समस्या लम्बिदै, झ्याङ्गिदै आयो तेस्रो मुलुकमा बसोबास गर्ने अवस्थामा आईपुगेको छ । तर अब नेपाली भूमिमा रहेका भुटानी शरणार्थी मित्रहरुलाई उहाँहरुको इच्छा, आकांक्षा अनुसार उहाँहरुको पुर्नस्थापना गर्ने, पूर्नवास गर्ने सम्बन्धमा हाम्रो पार्टी र सरकारको तर्फबाट पूरा पहल गर्नेछौं । त्यसका निम्ति अन्र्तराष्ट्रिय समुदायसँग पनि छलफल गर्छाै, भुटान सरकारसँग पनि हाम्रो कुराकानी हुन्छ । एउटा मान्छे भैसकेपनि मानव जातिको हिसाबले पाउन पर्ने अधिकार, मान सम्मानहरु उहाँहरुले पाउन पर्छ भन्ने कुरामा हामी दृढ छौं, त्यो मान्यता हाम्रो हो सरकार बनेपछि हाम्रो थप पहल कदमी हुनेछ ।

६) राजेन्द्र लिङग्देन, महामन्त्री राप्रपा तथा सांसाद झापा क्षेत्र नम्बर ३
भुटानी शरणार्थीका बिषयमा नेपाल सरकारका तर्फबाट एउटा ठोस दृष्टिकोण बनिनु पर्दछ । अहिले जुन मागहरु र विकल्पहरु प्रस्तुत भएको छ । हामीले यस बिषयमा हाम्रो पार्टीले सरकारसँग कुरा गर्दछौँ र संसद्मा पनि यस बिषयमा प्रतिनिधि सभाको सदस्यका रुपमा ध्यानाकर्षण गराउने छु । बाँकि रहेका भुटानी शरणार्थीका समस्याका, पुर्नस्थापना र स्वदेश फिर्ताका बारेमा सरकारले ठोस कदम लिनु पर्दछ भन्ने कुरामा सकारात्मक भूमिका निर्वाह गर्नेछांै ।

७) राजेन्द्र महतो अध्यक्ष मण्डलका सदस्य,राष्ट्रिय जनता पार्टी, सांसद धनुषा क्षेत्र ३
भुटानी शरणार्थी करिव एक लाखको त पुर्नवास भईसकेको छ । अव बाँकी रहेका शरणार्थीहरु बारे राज्यले गभ्भीर भएर सोच्नु पर्ने बला आएको छ । वास्तविक भुटानीहरुको समस्या पहिचान गरी समाधान गर्न नेपाल सरकारले आवश्यक कदम पनि चाल्नु पर्दछ मलाई लागेको छ । आवश्यक कदम के गर्नु पर्छ त्यो मैले गर्न तयार छु र दीर्घकालीन रुपमा यो समाधान हुनुपर्छ ।

८) डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष एकीकृत राप्रपा राष्ट्रवादी तथा पूर्व परारष्ट्रमन्त्री
सर्वप्रथम त दाहालजीलाई यो समस्याको बारेमा चासो राखेर यस्को समाधान होस् भनेर यो प्रयास गरिरहनु भएको छ यसको लागि धेरै धन्यवाद दिन चाहन्छु । दोश्रो कुरा यो भुटानी समस्या म परराष्ट्र मन्त्री हुदाँ दुई बिषयको बारेमा भुटानका नेताहरुसँग कुराकानी गरेको थिए । यो नरम रुपमा गरिएका सफाई नै हो । यत्ति थाहा पाएपछि मैले नै भुटानी शरणार्थीहरुलाई भारत भएर नेपाल आउनुभयो भने अब नेपाल भएर भूटान जानुहोस् भनेर भने । उहाँहरु भुटान जानका लागि तयार हुँदा पनि मितेरी पुलमा पुगेर भारतीयले रोके । यहि कुरा मैले त्यो बेलामा भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजराल समक्ष राखेको थिए । दक्षिण एशियाकै सद्भाव र समृद्धि चाहने गुजराल पनि यो बिषयमा पन्छिनु भयो । यो समस्याका बिषयमा गुजरालसँग कुरा गर्दै भुटानी नागरिक नेपालबाट भुटान जान चाहन्छन् भने किन रोक्नु हुन्छ भनेर भने । यसको बारेमा मैले केहि भन्न चाहन्न तपाई आफैं यो कुराका बारेमा भुटानी समकक्षीसंँग कुरा गर्नु भन्नुभयो । अनि अर्को कुरा त्यो बेलाको कुटनीतिक अनुभव भएको भुटानी परराष्ट्रमन्ीत्र दावा छिरिङसंग कुरा गर्दा वडो कडा रुपमा प्रस्तुत भएर यिनीहरु हाम्रा नागरिक होईनन् भने । यिनीहरु तपाईहरुले लिनु पर्दछ भन्नु भयो । हामीले हाम्रो तर्फबाट कुरा राख्दै उनिहरु नेपाली नागरिक हुँदै होइनन् भन्यो । उनीहरुदाई स्टेटलेस र नागरिकता विहिन बनाउने कदम हजुरहरुको हो भने । क्याम्पमा भएका मानिसको लालपुर्जाहरु सबै भुटानको छ । अनि कसरी हाम्रो नागरिक हुने । यो हजुरले एक लाख नागरिकलाई शरणार्थी बनाउनु भयो । यो अन्र्तराष्ट्रिय मानव अधिकारको नियम विपरित हो । यस विषयमा हामीले सिरियस भएर लिएका छौ भन्दा उहाँले पनि यस बिषयमा भुटानमा गएर जवाफ दिने कुरा भयो । पछिल्लो समयमा भुटानले यहाँ सरकार परिर्वन भएपछि आफनो पक्षमा नयाँ शिराबाट प्रभाव पार्न थालेको देखियो । यहाँ पनि अघिल्लो सरकारको नीतिका बारेमा निरन्तरता दिएन । मैले त झन यस बारेमा आफ्नो नागरिक नमान्ने भए हामीले यसलाई अन्तराष्ट्रिय फोरममा लैजान्छौ भनेर जेनेभाको मानव अधिकारको बैठकमा समेत राखे ।
अब अहिलेको अवस्थामा यी मानिसहरु भुटानीहरु हुन् यो कुरा नेपाल सरकारले बिर्सन मिल्दैन । अन्तर्राष्ट्रिय समुदायले गरेको पुर्नस्थापनालाई धन्यवाद दिनु पर्दछ । लालपुर्जा र परिचय भएकाका र फर्कन चाहनेका लागि भुटान लैजाने व्यवस्था गरिनु पर्दछ । हामी छिमेकी राष्ट्र हौ त्यसैले एक अर्का प्रति विश्वास राखेर जानुपर्दछ । अबको नयाँ सरकार र भुटानले यी बाँकी भएकाका शरणार्थीहरुका लागि दिगो समाधान खोजियो भने नेपाल र भुटानबीचको सम्वन्धको नयाँ आयम शुरु हुन्छ ।

९) प्रकाश शरण महत नेता नेपाली काँग्रेस पूर्व पराराष्ट्रमन्त्री
म परराष्ट्रमन्त्री हुदाँ यस संग सम्बन्धित निकाय र विदेशी कुटनीतिज्ञहरुसँंग कुरा गरेर हाम्रो सरकारका तर्फबाट मेरो धारण सहित अमेरिकी सरकार र युएनएचीआरलाई भूटानी शणरार्थीहरुलाई उनिहरुको चाहना अनुसार भुटानले फिर्ता लिनु पर्दछ । यस विषयमा सबै सम्वन्धित निकायहरुलाई एउटै टेवलमा छलफल भन्ने हाम्रो दृष्टिकोण हो । युएनएचीआर अब नेपालमा शिविर राख्न सक्दैनौ भने पछि हामीले व्यवस्थापन गछौ । पहिलो प्राथमिकता भुटान नै फर्कन पाउनु पर्ने सबै जसोको भनाई छ ।