Digital Newspaper of Nepal
| Saturday, 24 February 2018
Subscribe Google+
Smart 4G

के देशको सीमाना १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर नै छ त ?

NIC Bank, Long AD

January 20, 2018

काठमाडौं । हामीले पढ्दै आएको र पढाईदै आएको तथ्य हो नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । तर निरन्तर सीमा अक्रिमणको चपेटामा परेको देशको क्षेत्रफल के १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर नै छ त भन्ने प्रश्न उब्जिएको छ । अघिल्लो दिन सुत्दा नेपाली भोलिपल्ट उठ्दा भारतीय भएको घटनाहरु विगतमा धेरै छन् । हुन त नेपाल भारत सीमाना विवादकोे कुरा नेपालीका लागि नौलो होइन । पुरानै सीमा विवाद अहिले नयाँ स्वरुपमा चर्चामा आएको छ । कुरा हो पर्साको । विगतमा भारतीय पक्षले उखेलेर फालेका हराएका ठाउँहरुमा अहिले सीमा स्तम्भ निर्माणको अगाडी बढाइएको छ । यहि सिमा निर्माणको विषय नै अहिले चर्चामा आएको विवाद हो । सीमा स्तम्भ निर्माण गर्ने क्रममा नेपालीहरुले पहिलेदेखि भोगचलन गर्दै आएको र राज्यलाई कर तिर्दै आएको जग्गाहरुमा अहिले सिमा स्तम्भ निर्माणको लागि धमाधम खाल्डो खन्ने र स्तम्भ ठड्याउने कार्य भैरहेको छ । यसबाट स्थानीय बासी निकै आक्रोशित बनेका छन् । हुन त आफूले पुस्तौँ पुस्तादेखि भोगचलन गर्दै आएको जग्गामा कसैले सोध्दै नसोधी पिलर ठड्याउन खोज्दा कस्को पो चित्त बुझ्छ र ?

पछिल्लो समय नेपाल भारत सीमा व्यवस्थित गर्न खोज्दा नेपाल तर्फको केही भूभाग भारततर्फ गएका कारण स्थानीयहरुले विरोध गर्दे आएका छन् । वीरगञ्जस्थित नेपाल भारत सिमामा स्तम्भ निर्माण गर्ने क्रममा ५० बिघा नेपाली भुभाग भारत तर्फ पर्न गएपछि स्थानिय स्थानियहरु आक्रोशित बनेका छन् भने सिङ्गो देशको ध्यान अहिले त्यसतर्फ आकर्षित भएको छ । नेपाल भारत संयुतm सीमा सर्वेक्षण टोलिले ३९१ र ३९२ नम्बर अन्तरगतका सहायक सीमा स्तम्भ निमार्ण गर्ने क्रममा बर्षौदेखि नेपालीले भोगचलन गर्दै आएको वीरगन्ज छपकैयाको ५० बिघा नम्बरी जग्गा भारतमा पर्न गएको हो ।
आफ्नै जग्गा भारतको भूमिमा पर्दाको पीडा भन्दा पनि देशको सीमा खुम्चिएकोमा उनीहरु धेरै निराश देखिएका छन । आँखै अगाडि जंगे पिल्लर र सहायक पिल्लर नेपालतर्फ सार्दा पनि नेपाल सरकार चुप लाग्दाको आक्रोश उनीहरुको मुहार स्पष्ट देखिन्छ । नेपाल–भारत सीमासँगै बगेको सिरिसिया खोलाको धार परिवर्तन भएसँगै भारतीय पक्षले सीमा स्तम्भ राख्ने स्थान पनि परिवर्तन गरेको स्थानीयको दाबी छ । उनीहरुका अनुसार सीमा सर्वेक्षण टोलीले साविक स्तम्भभन्दा झन्डै ५० मिटरदेखि एक सय मिटरसम्म नेपालभित्रको भूमिमा नयाँ स्तम्भ राखेको छ ।
यो त्यही भूमी हो जहाँ भारतीयले सिमा मिच्न खोज्दा आफ्नो ज्यनको बाजी राखेर देशको अस्मिता जोगाउनको लागि यहाँ जनताहरु लडेका थिए । तर अहिले नेपाल भारत दुबै देशका संयुक्त सर्वेक्षण टोलीले नै यी जनताहरुलाई अन्याय हुनेगरी स्तम्भ निर्माण गर्न लागेको छ । सीमानामा यत्ति धेरै ज्यादती हुँदा पनि केही नसुन्ने देशको अवस्था देख्दा आफूलाई नै धिक्कारीरहेका छन् । २०२२ सालको नापीका बेलादेखि नै बजार छपकैयाँका बासिन्दाको नाममा रहेको जग्गामा अहिले नेपाल भारत का संयुक्त सर्वेक्षण टोलीले स्तम्भ राखिरहेको छ ।
सिरिसिया खोला पारि पनि नेपाली भूमी छ । जुन नेपालीको नाममा लालपुर्जा रहेको छ । नेपाल–भारत सीमा व्यवस्थापनका लागि बजार छपकैयामा पर्ने मूल स्तम्भ (जंगे पिलर) ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९, १०, २७ र २८ नम्बरको सहायक स्तम्भ नेपाली भूभागमा परेका छन् पुस्तौंदेखि लालपुर्जा बोकेर,कर तिरेर भोगचलन गर्दै आएको नम्बरी जग्गा गुमाउनुपर्दा राज्यले नै आफूहरुलाई अन्याय गरेको स्थानीयहरु बताउँछन् ।

नेपाल–भारत संयुक्त सीमा कार्यदलको नेतृत्व दुवै देशका नापी विभागका महानिर्देशकले गर्ने व्यवस्था छ । कार्यदलमा तीन तहको संयन्त्र बनाइएको छ पहिलो नापी विभागका महानिर्देशक तहको बाउन्ड्री वर्किङ ग्रुप रहेको छ । जसको मातहतमा अफिसियल्स कमिटी बनेका छन् । यसमा दुवै देशका नापी विभागका उपनिर्देशक संयोजक रहन्छन् । यसको पनि मातहतमा पिल्ड स्टडी टिम (सर्भे) गठन गरिएको छ जसको नेतृत्व जिल्लाको जिल्लाप्रमुख अधिकारी (सिडिओ) ले गर्नेछन् । सिडिओको नेतृत्वमा रहने टिममा नापी अधिकृत, सशस्त्र प्रहरी बलको डिएसपी, वनअधिकृत समेत संलग्न हुन्छन् । सीमा विवाद मिलाउन यही टिमले कार्य गर्ने छ ।
नेपालको भारत संग मात्र नभएर चीन संग समेत सिमा विवाद रहेको छ । पहिले चीनसँग पनि ३२ ठाउँमा सीमा विवाद थियो । गौरीशंकरदेखि सगरमाथासम्मको भूभागमा नेपल र चीनको बिचमा विवाद देखा परेको थियो । ३१ ठाउँका रहेको चीन संगको सिमा विवाद सामान्य तरिकाले सुल्झाइयो थियो । तर सगरमाथा चोमालुङ्मा विवाद भने सुल्झिन सकेको थिएन । बिपी कोइराला चीन जाँदा नेपाली भुमीको नक्साको ठेली चिनियाँ प्रधानमन्त्री चाउयानलाई दिएका थिए । पछि यानले नेपाल भ्रमण गर्दा सगरमाथा नेपनलमा पर्ने घोषणा गरेका थिए । र अहिले पनि कही स्थानहरुमा नेपाल र चीन बिचको सिमा विवाद कायमै रहेको अवस्था छ ।
र अहिले आएर नेपाल र भारतको सिमा विवाल फेरी उदाएको छ ।

अहिले सिमानामा सिमास्तम्भ गाड्ने काम भइरहदा पहिले सिमा स्तम्भ भएको ठाउँमा स्तम्भ नगाडेर नेपाली भुमीमा गाड्न लागिएको छ जहाँ नेपालीहरुले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेका छन र उनीहरुले नाममा लालपुर्जा समेत रहेको छ । तर उनहरुकै जग्गामा अहिले स्तम्भ गाड्ने काम भैरहेको छ । तर नापी बिभाग भने जनताले अहिले गरिरहके दावी लाई मान्न तयार छैन । समय परिवर्तन संगै खोलाले आफ्नो बहाव परिवर्तन गर्दा जनमानसमा भुल पर्न गएको नापी विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार २०२२ साल भन्दा पहिले कित्ता नापी नै थिएन । स्थानीयले भनेको आधारमा उनीहरुलाई लालपुर्जा दिइएको थियो । तर पछि अन्तराष्ट्रिय नापी आएपछि नेपालको भुमी भारतमा परेको र भारतको पनि भुमी नेपालतर्फ परेको श्रेष्ठको भनाई छ ।
यसरी जे जस्तो भएपनि नेपाल भरातको सिमा विवादको बारेमा भारतले पहिलेदेखि नै थिचोमिचो गर्दै आएको छ । जसका सिमाका मानिसहरुले पटकपटक उनीहरुको ज्यादती भोगिरहनु परेको छ । तर सरकारले भने यसको विवाद सुल्झाउन कुनैपनि ओपचारीक पहलहरु गरेको पाइदैन । वषौँ देखि चल्दै आएको नेपाल भारत बीचको नापी विवादलाई अब भने सुल्झाउन जरुरी छ ।