Digital Newspaper of Nepal
| Saturday, 24 February 2018
Subscribe Google+
Smart 4G

दीपक मनाङे सांसद्को शपथ लिन गएनन्

NIC Bank, Long AD

January 21, 2018

चार नम्बर प्रदेशका प्रदेशसभाका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । चार नम्बर प्रदेशका ११ जिल्लाका साठी प्रदेश सभा सदस्यले शपथ लिएका छन् । तनहुँबाट प्रदेशसभामा निर्वाचित  मनाङका राजिव गुरुङ उर्फ दीपक मनाङगे शपथमा सहभागी भएनन् ।

प्रहरीको खोजीमा रहेका मनाङ्गे पक्राउ पर्ने डरमा शपथमा सहभागी नभएका हुन् । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भएसँगै मनाङ्गे फरार छन् । उनलाई पक्राउ गर्न प्रहरीले खोजी कार्यकालागि टिम परिचालनसमेत गरेको छ । चार नम्बर प्रदेशका प्रदेशसभाका सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय पर्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । जेष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नम्बर चारका प्रदेश सभा सदस्यलाई शपथ ग्रहरण गराएका हुन् ।