Digital Newspaper of Nepal
| Saturday, 24 February 2018
Subscribe Google+
Smart 4G

भैरहवाको विशेष आर्थिक क्षेत्रमा चैत्र भित्रमा विद्युत पग्ने

NIC Bank, Long AD

January 22, 2018

काठमाडौं । विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) सम्म चैत्रभित्रमा विद्युत पुर्याउने भएको छ । तर, त्यहाँ स्थापना हुने उद्योगका लागि विद्युत् वितरणका लागि सेजले बनाउनुपर्ने ३३र११ केभीको सवस्टेसन ९१० एमभीए० निर्माणको प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन ।
यसले गर्दा प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पुर्याए पनि सवस्टेसन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले विद्युत् भने पाउने छैनन् । प्राधिकरणको कार्यक्षेत्र ९स्कोप० सेजसम्म विद्युत् पुर्याउका लागि ट्रान्समिसन लाइन निर्माण गर्ने मात्रै हो । त्यसपछि सवस्टेसन बनाएर उद्योगलाई विद्युत् वितरण गर्ने काम भैरहवा सेजको स्कोपभित्र पर्छ ।
भैरहवा सेजले त्यहाँ सवस्टेसन बनाउने र ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् दिने छ । सवस्टेसन निर्माणका लागि अहिलेसम्म टेन्डरसमेत भएको छैन ।

प्राधिकरणले अहिले निर्माण गरिरहेको सवस्टेसनको अनुभव हेर्दा टेन्डर गरी ठेकेदार नियुक्त गर्न कम्तिमा पनि ६ महिना लाग्छ । त्यसपछि सामान अडर गरी ठेकेदारलाई काम सक्ने छिटोमा १५ देखि १८ महिना लाग्छ । अर्थात् सामान्य अवस्थामा टेन्डरका सम्पूर्ण प्रक्रिया सकेर सवस्टेसन निर्माण सम्पन्न गर्न कम्तिमा पनि दुई वर्ष लाग्ने प्राधिकरणको अनुभव छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई दोषी देखाएर सेज व्यवस्थापन आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजिरहेको बताए । ‘त्यहाँ खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यकपर्ने विद्युत् दिइसकेका छौं, त्यसैले निर्माणका काम गर्न कुनै समस्या छैन,’उनले भने–‘ चैत्रभित्रमा हाम्रो स्कोपभित्रको प्रसारणलाइन बनाएर त्यहाँ विद्युत् पुर्याउँछौं सेज व्यवस्थापनले सवस्टेसन बनाउन काम नगर्ने अनि विद्युत् जोडिएको छैन भन्दै हामीलाई दोष देखाउँदै आफ्नो जिम्मेवारीबाट भाग्ने ’

हाल त्यहाँ रहेको ३३ केभी सिंगल सर्किट प्रसारणलाइनमार्फत् सेजलाई विद्युत् दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारणलाइन बनाउन लागेको हो ।

प्राधिकरणले तलोत्तमा नगरपालिकाको योगीकुटी सवस्टेसनदेखि सेजसम्म छुट्टै ३३ केभी डबल सर्किट प्रसारणलाइनको निर्माण गरिरहेको छ । योगीकुटी–भरौलिया खण्डमा वन क्षेत्र भएर प्रसारण लाइन लैजानुपर्ने भएकाले वनको कारणले काम अवरुद्ध भएको छ । भरौलिया–दगदही खण्डमा प्रसारणलाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेका छन् । अवरोध हटाएर काम सुचारु गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायत सरोकारबीच छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पुर्याउँछौं, सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रोतर्फबाट कुनै समस्या हुँदैन’ उनले भने–‘तर, सेजकातर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको देखिंँदैन, उद्योगको काम गर्न कन्ट्रक्सन पावर दिएकै छौं । तर, पनि काम भएको छैन, अब त्यसो भए प्रसारणलाइन नै छैन भनेर प्राधिकरणसँग पीपीए गरेका कुनै पनि जलविद्युत् कम्पनीले आयोजना नै नबनाउने त ’

सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीले समेत विद्युत् नभएको भन्दै काम नै गरेका छैनन् । तर, उद्योगका संरचना निर्माणका लागि आवश्यकपर्ने विद्युत् भने ११ केभी लाइनमार्पmत् उपलब्ध गराइएको प्राधिकरणले प्रष्ट पारेको छ ।