Digital Newspaper of Nepal
| Saturday, 24 February 2018
Subscribe Google+
Smart 4G

नलसिंहगाड जलविद्युत आयोजनाको डीपीआरमा ढिलासुस्ती

NIC Bank, Long AD

January 23, 2018

काठमाडौं । अस्ट्रेलियाली कम्पनी स्मेकको ढिलासुस्तीका कारण चार सय १० मेगावाटको नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० अन्योलमा परेको छ ।
यो त्यही कम्पनी हो, जसले पश्चिम सेती जलविद्युत आयोजना डिसेम्बर १९९८ देखि जुन २०११ सम्मका १३ वर्षसम्म ‘होल्ड’ गरेर निर्माण अगाडि नबढाएपछि सरकारले लाइसेन्स नै रद्द गर्नुपरेको थियो ।
सरकारले मे २०१६ मा सोही कम्पनीलाई नलसिंहगाडको डीपीआर निर्माणको जिम्मा दिएको थियो । त्यसयताका २० महिनासम्म ‘अडिट टनेल’ निर्माणका लागि आवश्यक उपकरणसमेत आयोजना स्थलमा पु¥याउन सकेको छैन । डीपीआर निर्माणको म्याद १० महिना मात्र बाँकी छ ।

डीपीआरका लागि स्मेकलाई एक अर्ब १९ करोड रुपैयाँमा जिम्मा दिइएको हो । हालसम्म करिब २५ करोड रुपैयाँ भुक्तानी दिइसकिएको छ । उक्त आयोजनाको लागत करिब एक खर्ब रुपैयाँ अनुमानित छ ।

निर्माण स्थलको भौगर्भिक अध्ययनका लागि ‘अडिट टनेल’को निर्माण आवश्यक हुन्छ । डीपीआरका लागि बाँधस्थल सेफु खोला र विद्युतगृह निर्माणस्थल जाजरकोटको दल्लीमा ‘अडिट टनेल’ खन्नुपर्छ ।

त्यसमध्ये दल्लीमा तीन सय ५० मिटर ‘अडिट टनेल’ खन्नुपर्छ । हालसम्म काम शुरु हुन नसकेको नलसिंहगाड हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नरेन्द्रसिंह भण्डारी बताउँछन् ।