Digital Newspaper of Nepal
| Friday, 20 April 2018
Subscribe Google+
Smart 4G

‘काबेली करिडोर’ निर्माणको काम सुस्त, थपिएको समय पनि सकिँदै

NIC Bank, Long AD

January 25, 2018

पाँचथर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पाँचथरको एक सय ३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’ निर्माणको काम सुस्त गतिमा छ । दश वर्ष अघि निर्माण प्रक्रिया थालिएको प्रसारण लाइन निर्माणको कामले गति नलिँदा दोस्रोपटक थपिएको समय सकिन मात्र ४ महिनाको समय बाँकी हुँदा आयोजनाको काम ७० प्रतिशत मात्र पूरा भएको छ ।

दोस्रो पटक थपिएको म्याद वैशाख १० गते सकिँदैछ । पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई मुलुकको विद्युत् प्रणालीमा जोड्ने उद्देश्यका साथ करिडोर निर्माण प्रक्रिया अघि बढाइएको हो । निर्माणको काम सुरु भएदेखि नै स्थानियले बिवाद सिर्जना गरेकोले तीव्रता नपाएको करिडोर निर्माण कम्पनीका प्रमुख दिपेन्द्रराज द्विवेदीले बताए ।

विभिन्न ठाउँमा स्थानीयले सिर्जना गरेको बिवाद तत्कालै समाधान भए वैशाखसम्ममा काम सकिने उहाँले बताउँनुभयो । नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो । विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कुल ३ अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो ।

८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा काम अघि बढाइएको वताइएको छ ।