Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

देशको सीमाना मिचिदा चुँ सम्म नबोल्ने को को हुन् चिन्नुहोस् ?(भिडियो सहित)

NIC Bank, Long AD

January 27, 2018

काठमाडौं । सन् १८६० बाट सुरु भएको सीमा अतिक्रमण र विवाद आजसम्म पनि उस्तै छ । हालसम्मका केही तथ्याङ्कहरुलाई हेर्ने हो भने नेपालमा राणा कालदेखि हालसम्म पनि बारम्बार भारतीय पक्षबाट नेपालको भूभाग अतिक्रमण भइरहेको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार राणाकालिन समयमा १४ हजार ५ सय १५ हेक्टर भूभाग मिचिएको थियो । त्यसपछि राजा महेन्द्रको प्रत्यक्ष शासन कालमा ३७ हजार हेक्टर जमिन अतिक्रमणमा परेको देखिन्छ । त्यसपछि तुलसी गिरी प्रधानमन्त्री हुँदा १५ हेक्टर जमिन मिचिएको थियो भने सूर्यबहादुर थापा पटकपटक प्रधानमन्त्री हुँदा ३ सय ९ हेक्टर जमिन अतिक्रमणमा परेको थियो ।

त्यसैगरी लोकेन्द्रबहादुर चन्द पटक पटक प्रधानमन्त्री हुँदा ३ सय ८९ हेक्टर जमिन मिचिएको थियो भने गिरिजाप्रसाद कोइरालाको पालामा १ हजार सय २ हेक्टर भूभागमा अतिक्रमण भएको थियो । त्यस्तै शेरबहादुर देउवा प्रधानमन्त्री ३ पटकसम्म प्रधानमन्त्री हुँदा ९७ हेक्टर र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा ५८ हेक्टर भूभाग मिचिएको थियो । त्यसवीचका सरकारका पालामा पनि धेरथोर नेपाली भुभागहरु अतिक्रमीत भइरहे तर पनि सीमा विवाद सुल्झाउने विषयमा कोहीपनि अग्रसर भएनन् ।


सन् २००७ सम्म नेपाल–भारत सीमामा निर्माण गरिएका ४ हजार ३ सय ६० पिलर निर्माण गरिएका थिए । त्यसमध्ये १५ सय हाराहारिको पल्लिरहरु गायब भैसकेका छन । कति गलत नियत राखी उखेलेर फ्याँकिए, कतिलाई खोलाले बगायो । जमिनमा भेटिने पिलरमध्ये धेरै पिल्लरहरु मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन् ।

 


मोदी सरकार आएपछि शुरु भयो टेवुल टक
यही क्रममा भारतमा भारतीय जनता पार्टीले स्पष्ट बहुमतसाथ सन् २०१४ मा सरकार बनाएपछि केही परिवर्तन ल्यायो । भाजपाको पार्टी सरकारमा आएपछि २३ वर्ष सम्म असरल्ल रहेको सीमा विवाद को विषयमा छलफल गर्ने प्रक्रिया केही अगाडी बढ्यो । परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोग बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकले सीमा विवाद सुल्झाउन नेपाल–भारत संयुक्त सीमा कार्यदल गठन गर्ने निर्णय ग¥यो ।
जुन कार्यदल अनुसार नै अहिले सिमा स्तम्भ निर्माण गर्ने काम भयो । त्यसले झनै नेपाल भारत सीमा विवाद थपियो । अहिले सिमानामा सिमा स्तम्भ गाड्ने काम भइरहदा पहिले सिमा स्तम्भ भएको ठाउँमा स्तम्भ नगाडेर नेपाली भुमीमा गाड्न लागिएको छ जहाँ नेपालीहरुले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेका छन र उनीहरुले नाममा लालपुर्जा समेत रहेको छ । तर उनहरुकै जग्गामा अहिले स्तम्भ गाड्ने काम भैरहेको छ । जुन निकै गलत भएको बताउँछन् जानकारहरु ।

जे जस्तो भएपनि नेपाल भारतको सीमा विवादको बारेमा भारतले पहिलेदेखि नै थिचोमिचो गर्दै आएको छ । जसका सीमाका मानिसहरुले पटकपटक उनीहरुको ज्यादती भोगिरहनु परेको छ । भारतका सबै जसो सरकारहरुले नेपालप्रति हेपाहा प्रवृत्तिलाई जारी राखेका थिए तर नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि विवाद सुल्झाउँन पहल शुरु भएको हो । तर सरकारले भने यसको विवाद सुल्झाउन कुनैपनि औपचारिक पहलहरु गरेको पाइदैन ।


सीमा अतिक्रमणको श्रृङखला ?
छिमेकी मुलुक संग रहेको सीमा किचलो र अतिक्रमणले नेपालको क्षेत्रफल बारम्बार सांघुरिँदै गएको छ । भारत र चिनसंग सिमा जोडिएका स्थानमा दुवैतर्फबाट भएको अतिक्रमणकै कारण नेपालको क्षेत्रफल घटेको भन्छन् सीमाविद् वुद्धिनारायण श्रेष्ठ ।
सीमाविद् श्रेष्ठका अनुसार पछिल्लो समयसम्म ६० हजार ६ सय ६२ हेक्टर अर्थात् कुल ६ सय ६ बर्गकिलोमिटर नेपाली जमिन अतिक्रमणमा परेको छ । नेपाल भारत सिमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा नेपालको सिमा मिचिएको छ भने नेपाल चीनबीच सीमा जोडिएको एक ठाउँ दोलखाको लामाबगर, लाप्चे गाउँकोउत्तरतर्फ ६ हेक्टर नेपाली जमिन चीनले अतिक्रमण गरेको छ । नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर मान्दा पनि त्यसमा ६०६ बर्गकिलोमिटर जमिन गुमेको देखिन्छ । र, यो तथ्यले भन्छ कि नेपालको सीमाना हामीलाई पढाइदै र पढ्दै आएजति छदै छैन । फेरि एक पटक सीमाविद् श्रेष्ठ ।
नेपाल भारत सीमा सम्बन्धि किचलो देखिएका २३ जिल्लाका ७१ स्थानमध्ये सवैभन्दा ठूलो मिचिएको भूभाग कालापानीको लिम्पीयाधुरा हो । जहाँ ३ सय ७० बर्गकिलोमिटर क्षेत्रफल भारतले हडपेको छ । त्यस्तै नवलपारसीको सुस्तामा १४५ वर्गकिलोमिटर भूभाग भारतले मिचेको छ ।
सबैभन्दा थोरै इलामको पशुपतिनगरस्थित खाटक क्षेत्रमा २ सय ४० वर्गकिलोमिटर अर्थात आधा रोपनी जग्गा भारतीय पक्षले मिचेको छ ।
त्यतिमात्र होइन देशका अन्य भूभागमा पनि अतिक्रमणको पीडा उस्तै छ । दार्चुलाको केही भुभाग, कञ्चनपुरको भीमदत्त नगरपालिका ९, १० र ११ रौतेली बिचवा भिलमिला, रामपुर विलासपुर १, लक्ष्मीपुर ५, त्रिभुवन बस्ती ४ , परासन ७, ८ र ९ , कैलालीको फुलबारी, लालबोझी ८, बर्दियाको राजापुर, भीमपुर, खैरीचन्दपुर, गुलरिया नगरपालिका ४, ९ र १०, बाँकेको होलिया ८ र ९, नरैनापुर, दाङको कोइलाबास २, कपिलबस्तुको कृष्णनगर अजमा, रुपन्देही सिद्धार्थनगर, नवलपरासीको सुस्ता , चितवनको चितवन राष्ट्रिय निकुञ्ज, माडी, कल्याणपुर, पर्साको ठोरी, नयाँ बस्ती, महादेवपट्टी ६, जानकीटोल ९, पर्साको छपकैया, बाराको दक्षिण झिटकैया मा पनि नेपाली भुभाग अतिक्रमणमा परेको छ ।


त्यसैगरी रौतहटको जोकाहा, सर्लाहीको त्रिभुवननगर र नारायणपुर, महोत्तरीको सम्सी , सिसवा कटैया, सिराहाको माडर इनरवा, सप्तरीको देउरी, बनिनिया, लालपट्टि, तिलाठी, गोबरगाढा, सुनसरीको हरिपुर, कप्तानगंज , साहेबगंग, मोरङको विराटनगर, रंगेली बरडंगा, झापाको कारोबार, पाठामारी, महेशपुर भद्रपुर, इलामको श्रीअन्तु, पशुपतिनगर, गार्खे, पाँचथरको च्याङ्थुप, ताप्लेजुङ्को चिम्बुङपोखरी, कालीखोला, याँम्फुदिन, ललेपमा पनि सिमा मिचिएको छ ।