Digital Newspaper of Nepal
| Monday, 24 September 2018
Subscribe Google+
Smart 4G

सगरमाथामा फ्रि वाईफाई पुर्‍याउने सरकारको तयारी, विश्वभरिबाटै प्रशंसा (भिडियो सहित )

NIC Bank, Long AD

January 30, 2018

काठमाडांै । सरकारले सगरमाथाको आधार शिविर र सकेसम्म सगरमाथाकै चुचुरोसम्म फ्रि वाइफाई पु¥याउने निर्णय गरेको छ । प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहज उद्धार र राहत मात्रै नभई यसले महंगो स्याटेलाइट फोनको शुल्क तिर्नुपर्ने झन्झट समेत हटाउने छ ।
सरकारले केही दिन अगाडि मात्रै यो निर्णय गरेको हो । अहिले सगरमाथाको आधार शिविरको १७ हजार फिटमा पहिलो चरणमा फ्रि वाई फाई पु¥याउने लक्ष्यका साथ काम थालिएको छ । नेपाल दूर सन्चार प्राधिकरण मार्फत सगरमाथाको आधार शिविर र सकेसम्म ८ हजार ८ सय ४८ मिटरमै फ्रि वाइफाई पु¥याउने लक्ष्यका साथ काम थालिएको हो । सगरमाथा सहित धेरै हिमाल आरोहण गरिने अन्नपूर्ण वेस क्याप र त्यसको चुचुरोसम्म नै फ्रि वाई फाई पु¥याउन लागिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सन्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
अहिले वाई फाई नहुँदा हिमाल आरोहीहरुले सर्वाधिक महंगो स्याटेलाइट फोनको प्रयोग गर्दै आएका छन् । फ्रि वाइ फाईले कुन मानिस कहाँ पुग्यो, उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी उपलब्ध गराउनुका साथै आकस्मिक रुपमा हुने मौसम परिवर्तन र प्राकृतिक दुर्घटनाहरुबाट समेत बचाउन उपयोगी हुने सरकारी विश्वास छ । सरकारले यो निर्णय गरेसँगै यसले पर्वतीय पर्यटनमा महत्वपूर्ण सुधार ल्याउने पर्यटन क्षेत्रका विज्ञहरुले विश्वास गरेका छन् भने हिमाल आरोहीहरुलाई समेत निक्कै सहज हुने विश्वास गरिएको छ । अन्र्तराष्ट्रिय सन्चार माध्यमहरुले समेत नेपाल सरकारको यो निर्णयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।