Digital Newspaper of Nepal
| Sunday, 24 March 2019

विदेशीयका सबै नेपालीले सुन्नैपर्ने मर्मस्पर्शी र हृदयविदारक गीत भन्छौं रे देश….(भिडियो सहित)

February 1, 2018

वसन्त लम्साल

भन्छौ रे देश छोडेर जाने के भन्नु तँलाई

तिमीलाईभन्दा माटोको माया धेरै छ मलाई

छलेर खान्न, ठगेर खान्न घुसखोरी गर्दिन

हजारौं,लाखौं निमुखामारी आफ्नै पेट भर्दिन

बसेर काखमा आमाकै छाति घोप्दिन छुराले

तिमीले जस्तो आकास र पातालजोड्दिन कुराले

भुलेका छैनौं भाषा र भेष कला र संस्कृति

जन्मेको ठाउँ रमाइलो गाउँ सुन्दर प्रकृति

मेहनत गर्छु पसिना च्वाउँछु धेरथोर कमाउँछु

एकएक गरी संगाली फेरि स्वदेशै पठाउँछु

करोडौंकरोड देशकै लुटी विदेशमा साँच्दिन

तिमीले जस्तो धिक्कारको जूनीकम्तीमाबाँच्दिन

भन्छौ रे देश छोडेर जाने के भन्नु तँलाई

तिमीलाईभन्दा माटोको माया धेरै छ मलाई ।