Digital Newspaper of Nepal
| Saturday, 24 February 2018
Subscribe Google+
Smart 4G

ओली र स्वराजबीच सोल्टी होटलमा पौने घन्टा ‘वान टु वान’ वार्ता

NIC Bank, Long AD

February 2, 2018

एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच ‘वान टु वान’ भेटवार्ता भएको छ।

राजधानीको सोल्टी होटलमा ओली र स्वराजबीच साँझ पौने सात बजेदेखि भेटवार्ता सुरु भएको हो।

अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारी अनुसार दुई नेताको भेटको समय छुट्याइएको थिएन। उनीहरुले झन्डै पौने घन्टा कुरा गरेका छन्।

‘त्यसपछि एमाले नेताहरु र भारतीय प्रतिनिधि मण्डलबीच कुरा भयो,’ अधिकारीले भने।

दुई दिने नेपाल भ्रमणका लागि बिहीबार दिउँसो ४ बजे विशेष विमानबाट काठमाडौं ओर्लिएकी स्वराजले पहिलो राजनीति भेट ओलीबाट सुरु गरेकी हुन्। ओली र स्वराजबीच के कुराकानी भयो भन्ने खुलाइको छैन।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले भेटमा स्वराजले ओलीलाई एमालेको चुनावी जीतका लागि बधाई दिएको र दुई पक्षीय विषयमा कुराकानी भएको जानकारी दिएका छन्।

एमालेले स्वराजको सम्मानमा सोल्टी होटलमा रात्रीभोजको आयोजना गरेको छ।

यसअघि त्रिभुवन विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै स्वराजले आफू कुनै एजेन्डा ल्याएर नेपाल नआएको बताएकी थिइन्।

उनले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ।