Digital Newspaper of Nepal
| Sunday, 25 February 2018
Subscribe Google+
Smart 4G

सौराहा फुड फेष्टिवलमा पर्यटकलाई रेवानको निम्ता

NIC Bank, Long AD

February 4, 2018

चितवन । १२ औँ संस्करणको सौराहा फुड फेष्टिवलमा आन्तरिक पर्यटकलाई सौराहामा निम्ता बाड्दै सौरेली रेवान टोली देश दौडाहमा निस्किएको छ ।
क्षेत्रिय रेष्टुरेन्ट एण्ड बार एशोसियसन ९रेवान० सौराहाको आयोजनामा हुने फुड फेष्टिवलको निम्ता बाड्दै देश दौडाहामा निस्कीएको १२ औँ सौराहा फुड फेष्टिवल २०७४ का संयोजक कपिल रेग्मीले जानकारी दिए ।
‘सौराहामा विदेशी मात्र नभई अब अन्तरीक पर्यटकहरु पनि रमाउनुपर्छ’ उनले भने । उनले विगतमा जस्तै यो बर्ष पनि आन्तरीक पर्यटकहरुलाई निम्ता बाड्न आफुहरु देशका प्रमुख शहर पुगेर पत्रकार सम्मेलन नै गर्ने जानकारी दिए ।
चितवनबाट सुरु भएको देश दौडाहाको टोली पोखरा, पाल्पा, बुटबल, कावासोती, हटौँडा र विरगञ्जमा पुगेर फेष्टिवलका बारेमा जानकारी गराउने प्रचार प्रसार संयोजक सूर्यबहादुर रिमालले बताए ।
प्रणय दिवसका अवसरमा हरेक बर्ष जस्तै यो बर्ष पनि आगामी माघ २८ देखि फागुन ३ गतेसम्म सौराहाको सिसवार खेलमैदानमा १२ औँ सौराहा फुड फेष्टिवल आयोजना गरिएको क्षेत्रिय रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले जानकारी दिए ।
५ दिन सम्म चल्ने फेष्टिवलमा स्वेदशी तथा विदेशी विभिन्न खानाका स्वादमा सास्कृतिक प्रस्तुतीमा रमाउन सकिने रेवान सौराहाका प्रथम उपाध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।
यो पटक फेष्टिवलमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेस्टुरेन्टमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको घोषणा गरिएका छ । सौराहामा यो समय पर्यटकको मौसम नहुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि फुड फेसष्टवल गरिदै आएको छ ।
फेष्टिवलको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० वृद्धवृद्धा र अपाङगलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले बताए । यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालन निर्माण, पाँचप्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने आयोजकले जनाएको छ ।