Digital Newspaper of Nepal
| Thursday, 24 May 2018
Subscribe Google+
Smart 4G

राष्ट्रियसभाको चुनाव शान्तिपूर्ण रुपमा जारी

NIC Bank, Long AD

February 7, 2018

काठमाडौं, माघ २४ – राष्ट्रियसभा सदस्यको लागि बुधबार मतदान भइरहेको छ । बिहान १०बजेदेखि ६ वटै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । सात वटा प्रदेश मध्य प्रदेश नम्बर २ का आठैजना सांसद निर्विरोध निर्वाचित भइसकेकाले बुधबार १, ३, ४, ५, ६ र ७ नम्बर प्रदेशमा मात्रै मतदान भइरहेको हो ।

कूल ५६ सदस्यका लागि भइरहेको मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले आज ३२ सदस्यका लागि मतदान भएको प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले जानकारी दिनुभयो । आज ३२ जनाका लागि ५२ जना उम्मेद्वार प्रतिपर्धामा रहेको पनि यादवले जानकारी दिनुभयो । प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका वा अल्पसंख्यकसहित आठ–आठ जनाका दरले ५६ जना सांसद चुनिने व्यवस्था छ । तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्य चुनावमा स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदले मतदान गर्न पाउनेछन् ।

यो चुनावको लागि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता छन् । तर प्रदेश नम्बर २ मा सबै निर्विरोध निर्वाचित भैसकेकाले बाँकी ६ प्रदेशका स्थानीय तहका एक हजार २ सय ३४ र प्रदेश सभाका ४ सय ४३ गरी एक हजार ६ सय ७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यो चुनावमा स्वास्तिक चिह्नको प्रयोग हुँदैन । तीन महिला र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ । त्यस्तै महिला एक र अपाङ्गता÷अल्पसङ्ख्यक समुदायबाट निर्वाचित हुने एक सदस्यको मतपत्र पनि अलग–अलग हुने भएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको ठाउँमा ठीक चिह्न संकेत गर्नुपर्ने छ ।

आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आपूm निर्वाचित भएको प्रमाणपत्रको विकल्पमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । एकल संक्रमणीय प्रणाली अनुसार हुने चुनावमा प्रदेशसभाका सांसदको मतभार ४८ हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । आज ३ बजे मतदान सकिएपछि ४ बजेदेखि मतगणना सुरु गर्ने आयोगको तयारी छ । सकेसम्म आजै नसके भोलिसम्ममा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

यसैबीच राष्ट्रियसभा सदस्यको चुनावको अन्तिम मत परिणाम प्राप्त भएलगत्तै प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसमा विभिन्न दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहबाट हुने प्रतिनिधित्व, थे्रसहोल्ड तीन प्रतिशतभन्दा बढी मत ल्याउने दलको संख्या र सिट तोकी बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिश गर्न दललाई तीन दिनको समय दिएर पत्राचार गरिने आयोग प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

दलहरुले गरेको सिफारिसअनुसार समावेशी समूह मिले÷नमिलेको जाँच गरी नमिलेको भएमा मात्रै दललाई सच्याउन पुनः दुई दिनको समय दिइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सबै तयारी र प्रक्रिया पूरा गरी प्रतिनिधिसभा सदस्यको सबै निर्वाचन परिणाम फागुनको पहिलो हप्ताभित्रै राष्ट्रपतिसमक्ष पेश गर्ने आयोगको तयारी छ ।