Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

प्रदेश ६ को मुख्यमन्त्री महेन्द्रबहादुर शाही बन्ने

NIC Bank, Long AD

February 7, 2018

प्रदेश ६ को मुख्यमन्त्री पूर्व ऊर्जामन्त्री महेन्द्रबहादुर शाही बन्ने पक्का भएको छ।

मुख्यमन्त्रीको गाँठो फुक्न नसकेपछि त्यसको टुङ्गो लगाउन बुधबार नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वगृहमन्त्रीद्वय शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा सुर्खेत पुगेका थिए।

नेताहरू शर्मा, बस्नेत र संयोजक मायाप्रसाद शर्माले मुख्यमन्त्रीको टुंगो लगाएका हुन्।

‘अनौपचारिक छलफल मात्र भएको हो। भोलि बस्ने दलको बैठकले अौपचारिक घोषणा गर्नेछ,’शाहीले भने।

प्रदेश ६ को मुख्यमन्त्रीमा नरेश भण्डारीले पनि दाबी गरेका थिए।