Digital Newspaper of Nepal
| Friday, 20 July 2018
Subscribe Google+
Smart 4G

पर्यटकीय गाउँ हेलम्बुमा एकिकृत बस्ती

NIC Bank, Long AD

February 8, 2018

काठमाण्डौं । हेलम्बु गाउँपालिकाको तेम्बाथाङमा ३ करोड २० लाख लागतमा एकिकृत बस्ती निर्माण हुने भएको छ । हेलम्बु गाउँपालिकाको वडा नं १, ३ र ९ मा अक्सफामको आर्थिक सहयोग र जनहित ग्रामिण सेवा समितीको साझेदारीमा ४० वटा घर भएको एकिकृत बस्ती निर्माण हुने भएको हो । लाभग्राही सूचीमा परेकामध्ये साविक हेलम्बु गाउँपालिकाको पुसाटोङदीमा १८ घर रहेकोमा हाल १० घर थपिएर जम्मा २८ घर, त्यस्तै दिम्वालीमा २ घर, चम्बेतो चिउरीखर्कमा ४ घर र सामनाहुमा ३ घर गरी जम्मा ३७ घर जोखिमयुक्त छन् ।

जम्मा ८ सय ६८ घरधुरी रहेको हेलम्बु गाउँपालिकामा २ सय ४० घरधुरीले मात्रै निर्माण किस्ता लिने प्रक्रियामा रहेका छन् । स्थानीयले ५३ घर बनाइदिन माग गरेपनि अक्सफामले ४० घरधुरीमात्र निर्माण गर्ने भएको छ । त्यस्तै बाँकी अपुग रकम थप खर्च लागेमा गाउँपालिकाले सहयोग गर्ने भएको छ । घर निर्माण प्रक्रियामा सबैलाई समान हुने गरी गोलाप्रथाबाट निर्माण गरिने भएको छ । उक्त बस्तीमा निर्माण हुने घरहरुमा ह्योल्मो संस्कृति झल्किने झ्याल र ढोका राखि घर निर्माण गरिने गाँउपालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले बताए । बस्तीमा निर्माण हुन लागेको घरधुरीको गाउँपालिकाले निःशुल्क नक्सा पास गरिदिने समेत शेर्पाले जानकारी दिए ।तेम्बाथाङ एकिकृत बस्तीको र्निर्माणको लागि पुर्णनिर्माण प्राधिकरणले कुनै कन्जुस्याई नराख्ने पुननिर्माण प्राधिकरणका रुद्व मल्लले बताएका छन् ।