Digital Newspaper of Nepal
| Sunday, 25 February 2018
Subscribe Google+
Smart 4G

खेलकुद मन्त्री केसीद्वारा १४ औं राष्ट्रिय तेक्वान्दो खेलको उद्घाटन

NIC Bank, Long AD

February 8, 2018

काठमाडौं । युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले विहीवार १४ औं तेक्वान्दो राष्ट्रिय खेलको उद्घाटन गर्नुभयो । सातदोबाटो स्थित तेक्वान्दो हलमा खेलको उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय पदकमा आशा गर्ने खेल तेक्वान्दो नै रहेको र यसको विकासका लागि खेलकुद परिषद्को ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले खेलकुद मन्त्रालयको प्राथमिकता यो खेलका परेको बताउँदै आगामी साफ गेमको लागि भौतिक पूर्वाधारको लागि बजेटको व्यवस्था गरिएको बताउनुभयो । उक्त अवसरमा नेपाल तेक्वान्दो संघका महासचिव तथा उपाध्यक्षहरुको उपस्थित थियो साथै तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरी, उपाध्यक्ष प्रकाश खड्गी लगायतका खेलाडी प्रशिक्षकहरू तथा दर्शकहरुको उपस्थिति थियो उक्त टुर्नामेन्ट माघ ४ गते सुरु भई ६ गते समापन हुनेछ ।