Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

बानियाँ प्रदेश नम्बर ३ को काँग्रेस संसदीय दल नेतामा सर्वसम्मत चयन

NIC Bank, Long AD

February 8, 2018

काठमाडौं । नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन् ।
बिहीबार काठमाडौंमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो । पार्टी पदाधिकारी बैठकबाट संसदीय दल गठनका लागि जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको उपस्थितिमा बसेको बैठकले बानियाँलाई संसदीय दलको नेता चयन गरेको छ । बानियाँले कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए । प्रदेशको अस्थायी राजधानी हेटौंडा बनाउन महत्वपूर्ण भूमिका खेलेका बानियाँले हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाउँदै विकास निर्माणमा काँग्रेसले सक्रिय भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरेका छन् । प्रदेश नम्बर ३ मा काँग्रेस सशक्त प्रतिपक्षको रुपमा प्रस्तुत हुने उनको भनाई छ ।
पार्टीले प्रदेशको संसदीय दलसम्बन्धी विधान विधान पास गरेपछि थप कार्यविभाजन हुने बानियाँले बताए । पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर कांग्रेसका सभापति बानियाँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।