Digital Newspaper of Nepal
| Saturday, 22 September 2018
Subscribe Google+
Smart 4G

डिभिजन टूः नेपालले आज ओमानसँग खेल्ने

NIC Bank, Long AD

February 9, 2018


काठमाडौं । विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । विन्डहोकमा नेपाली समय अनुसार दिउँसो १ बजे हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली नामिबियामाथि एक विकेटको रोमाञ्चक जित हात पारेको थियो । ओमान भने क्यानडासँग ८ विकेटले पराजित भएको थियो ।