Digital Newspaper of Nepal
| Friday, 20 April 2018
Subscribe Google+
Smart 4G

ओमान विरुद्ध नेपालः कप्तान पारस खड्का बोल्ड (अपडेट)

NIC Bank, Long AD

February 9, 2018


काठमाडौँ । नेपालले विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानको सामना गरिरहेको छ ।
टस जितेर पहिलो फिल्डिङ रोजेकोओमानले नेपालकाचार जना व्याट्सम्यानलाई पबेलियन फर्काएका छन्। जसमा ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमा दीलिपनाथ १९ रनमा आउट भए भने आरिफ शेख ६ रन बनाइ आउट भए। कप्तान पारस खड्का १७ रन बनाएर बोल्ड भएका छन् । अहिले क्रिजमा शरद भेषावकर र दीपेन्द्रसिंह ऐरी छन् । ज्ञानेन्द्र मल्ल ७ रन बनाई आउट भएका छन्। कप्तान पारस खड्का क्रिजमा आएका छन्। ओमानले नेपालसँग टस जितेर पहिलो फिल्डिङ रोजेको छ।

नेपालल बिहीबार पहिलो दिनको खेलमा आयोजक नामिबियामाथी १ विकेटको सनसनीपूर्ण विजय हात पारेको थियो। नेपालले नामिबियालाई १ सय ३८ रनमा अलआउट गरेको थियो। नेपालले ४ बल अगाडि त्यो लक्ष्य पुरा गरेको थियो। ओमान पहिलो दिनको खेलमा क्यानाडासँग ८ विकेटले पराजित भएको थियो। डिभिजन ३ जितेर आएको ओमानलाई २८ ओभर भित्र क्यानाडाले १ सय ६ रनमा अलआउट गरेको थियो।

नेपालले ओमानसँग यसअघि खेलेको ४ खेलमा ३ मा विजय हात पारेको छ। २०१५ को पाकिस्तान भ्रमणमा खेलिएको अभ्यास खेलमा भने ओमानले नेपाललाई ३ विकेटले पराजित गरेको थियो। २०१९ को विश्वकपको छनोटको आधार रहेको डिभिजन २ मा ६ राष्ट्र सहभागि छन्। च्याम्पियनसिपमा शीर्ष चारमा पर्न नसकेका नेपाल, नामिबिया, केन्या र युएई सहित डिभिजन ३ बाट शीर्ष दुई बनेर आएका ओमान र क्यानाडाले नामिबियामा प्रतिस्पर्धा गर्नेछन्। डिभिजन २ का शीर्ष दुई टोली मार्चमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्ने छन्।