Digital Newspaper of Nepal
| Saturday, 17 November 2018
Subscribe Google+
Smart 4G

प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई

NIC Bank, Long AD

February 9, 2018


विराटनगर । प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । मुख्यमन्त्रीको दौडमा रहेका एमालेका सचिव एवं प्रदेश ईञ्चार्ज भीम आचार्य पोलीटब्यूरो सदस्य तथा प्रदेशका सह–इन्चार्ज शेरधन राईले मनोनयन दर्ता गराएका थिए । जम्मा ५१ मतमध्ये विजयी राईले २६ र आचार्यले २४ मत प्रप्त गरे। १ मत बदर भएको थियो।

एमाले संसदीय दलको निर्वाचन समितिले आज बिहान ११ बजेदेखि ११:३० बजे सम्म मनोनय दर्ताको समय राखेको थियो। संसदीय दलको नेताका लागि दिउँसो २ बजेबाट मतदान भएको थियो। संसदीय दलको नेताका लागि मनोनय दर्ता गराएका आर्चाय एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् भने राई पार्टी अध्यक्ष केपी ओलीका प्रिय पात्र हुन्।